भोजपुर- विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका भोजपुर जिल्ला कमिटि सदस्य, भात्रृ संगठन युवा संगठन नेपालको केन्द्रिय सदस्य तथा सगरमाथा व्युरो संयोजक प्रकाश गुरुङ्ग नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । गुरुङ्गले एक विज्ञप्ति निकाल्दै सो जानकारी दिएका हुन् ।

विज्ञप्तिमा गुरुङ्गले राजनीतिक गर्न पाउनु नैसर्गिक अधिकार भएको वताएका छन् । लामो समय देखि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा काम गर्दै आएको तर केहि नेताहरुले पार्टीको विद्यान कार्यदिशामा वैज्ञानिक समाजवाद रहेपनि नेताहरुले आफ्नो स्वार्थमा लागेर ईमान्दार कार्यकर्ताहरुलाई धोका दिएकाले पार्टीको साधारण सदस्य समेत नरहनेगरि पार्टी परित्याग गरेको घोषणा गरेकाछन् । उनले विज्ञप्तिमा समाजलाई सु संस्कृत र सभ्य वनाउने दायित्व आफ्नो पनि भएकोले यस्तो समाज निर्माण गर्न नेकपावाट मात्र सम्भव भएको हुँदा विप्लव नेतृत्वको नेकपा परित्याग गरेको उल्लेख गरेका छन् ।

षडानन्द नगरपालिका वडा नम्वर २ कुदाक काउले ताँवुका स्थायी वासिन्दा गुरुङ्गले विज्ञप्ती मार्फत सरकारको नेत्रृत्व गरिरहेको नेकपाको सिद्धान्तलाई अंगिकार गरि आम नेपाली जनताको सेवामा लाग्ने वाचा गरेकाछन् ।

तपाईको प्रतिक्रिया