नेपालमा एकैदिन २ हजार ७ सय २२ जनामा कोरोना पुष्टि

काठमाडौँ– पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ७ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो  २४ घण्टामा अहिले सम्म थपिएको सवैभन्दा धेरै संख्या हो ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२, ४५० पुगेको बताएका छन् ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार ३ सय ७ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ६० हजार ६ सय ९६ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२० पुगेको छ ।

यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित २१ हजार २ सय ३४ जना छन् भने ४ हजार ८ सय ८५ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले बताए । हालसम्म पीसीआर विधिबाट १० लाख ४८ हजार ६ सय ८६ परीक्षण भएको मन्त्रालयले जनाएको छ ।