संखुवासभा,१६ असोज- युनाईटेड वर्ल्ड स्कुल्स(यु.डव्लु.एस) नेपालले ,पहिलो पटक आयोजना हुन लागेको विश्वको सबैभन्दा ठुलो मानिएको शिक्षा सम्मेलनमा सहभागीता जनाउने भएको छ । सोमवार देखि शनिवारसम्म भर्चुअल सञ्चालनहुने विश्व शिक्षा सप्ताह सम्मेलन मा युनाईटेड वर्ल्ड स्कुल्सद्वारा संचालित संखुवासभाको सिंहेश्वरी माध्यमिक विद्यालयले आफ्नो पहिलो प्रस्तुति गरेर कार्यक्रमको समुउद्घाटन गर्ने विद्यालयका संस्थापक अध्यक्ष सुर्य कार्कीले विज्ञप्ति मार्फत जानकारी दिए।

कार्यक्रममा सहभागी हुन छानिएको विश्वप्रसिद्ध १ सय वटा अग्रणी विद्यालयमध्ये सिंहेश्वरी माध्यमिक विद्यालयले कार्यक्रममा आफ्ना बिशेषज्ञता विश्वकै ठुलो शैक्षिक सम्मेलनमा पेश गर्ने अवसर पाएको हो। युनाईटेड वर्ल्ड स्कुल्स नेपालले संचालन गरेको सिंहेश्वरी माध्यमिक विद्यालय, ग्रामीण भेगमा शैक्षिक क्षेत्रको नेतृत्वकर्ताको रुपमा परिचित रहेको छ। विद्यालयले उक्त सम्मेलनमा यु डब्लू एस् संस्थाद्वारा नेपालका ग्रामिण क्षेत्रको बाल शिक्षा र आधारभूत शिक्षा कसरी रुपान्तरित गरिदैं भन्ने बारेमा आफ्ना धारणा राख्दै विज्ञहरुको विचार पनि प्यानलमा उतार्ने विज्ञप्तिमा उल्लेख छ।

छनोट भएका अन्य ९९ विद्यालयहरुसंग मिली यु.डव्लु.एस.मुडेले कार्यक्रममा शैक्षिक प्रशंगमा आफ्ना विशेषज्ञता साट्नुको साथै संयुक्त राष्ट्र संघको दिगो बिकास लक्ष्य अर्थात गुणस्तरीय शिक्षालाई पनि अगाडी बढाउने विज्ञप्ति मार्फत जानकारी दिईएको छ। यस सम्मेलनमा बाल शिक्षा देखि कक्षा १० सम्म पढाउने विद्यालयहरुले आफुले गरेका नयाँ प्रयोग, परीवर्तन र सफलताहरुको बारेमा लाईभ मार्फत प्रस्तुत गर्न छनोट गरिएका विद्यालयहरु सबै महादेशका रहेक। सिंहेश्वरी माध्यमिक विद्यालयले नेपालको एक मात्र प्रतिनिधि विद्यालयको रुपमा फरक शैक्षिक र सांस्कृतिक दृष्टिकोण राख्नेछ।

विश्वभरीबाट १ लाख सहभागी अपेक्षा राखिएको यस सम्मेलनमा हरेक विद्यालयले आफ्नो अनुभव र ज्ञान अनलाईन सहभागीहरुलाई बाढ्ने छन्। यस विश्व शैक्षिक सप्ताहको मुख्य उद्देश्य संयुक्त राष्ट्र संघको दिगो बिकास लक्ष्य अन्तर्गतको गुणस्तरीय शिक्षालाई तीव्र रुपमा अघि बढाउनु हो, जसले समावेशी, न्यायसंगत र सबैका लागि आजिबन गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने प्रतिबद्दता गर्दछ ।

यु.डव्लु.एस.मुडे / श्री सिंहेश्वरी माध्यमिक विद्यालयको कार्यक्रम सोमवारदिउँसो २ः४५ देखि ३ः४५ सम्म र विश्व शिक्षा सप्ताहको वेबसाइटबाट संचालन हुने विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया