संखुवासभा- संखुवासभाको खाँदबारीबाट मकालु बेस क्याम्प घुम्न पुगेका एक युवकको मृत्यु भएको छ ।खाँदबारी नगरपालिका १ का २४ बर्षिय बिवेक श्रेष्ठको बेस क्याम्पबाट फर्किने क्रममा मृत्यु भएको हो ।

गएको १२ गते ७ जना युवाहरुको टोली जिल्लाको सदरमुकाम खाँदबारीबाट मकालु वेस क्याम्प घुम्न गएका थिए । बाटोमा सामान्य बिरामी हुँदै गएका श्रेष्ठको शुक्रबार राती सुतेकै स्थानमा मृत्यु भएको यात्रामा सहभागी जानकी पोखरेलले जानकारी दिए ।

मृतकको शवलाई हेलिकप्टरबाट आईतबार विहान खाँदबारी ल्याईएको छ । श्रेष्ठको लेक लागेर मृत्यु भएको हुनसक्ने संखुवासभा प्रहरी प्रमुख डिएस्पी नवराज मल्लको भनाई छ।

तपाईको प्रतिक्रिया