धरान- सुनसरीको धरानमा सवारी दुर्घटना हुँदा मंगलबार एक युवकको मृत्यु भएको छ । प्रहरीकाअनुसार धरान १५ बाझगरास्थित त्रिवेणी मार्गमा स्कुटर र मिनी ट्र्याक्टर एकआपसमा ठोकिँदा धरान १४ पिण्डेश्वरका २५ वर्षीय गोकुल तामाङको मृत्यु भएको हो ।

तामाङका साथी सुस्मन मैनालीले को ३० प १२९६ नम्बरको स्कुटर चलाएका थिए भने मृतक स्कुटर पछाडि बसेका थिए । अचानक को १ च ८८०१ नम्बरको मिनी ट्रयाक्टरसँग स्कुटर ठोक्किएपछि सख्त घाइते बनेका तामाङलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्कुटर चालक मैनाली सामान्य घाइते भएका छन् । प्रहरीले मिनी ट्याक्टर चालक तुलसी बिकलाई नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया