काठमाडौं- आज एकैदिन नेपालमा ४३६४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबारको प्रेस ब्रिफिङमा बितेको २४ घण्टामा देशभर सो संख्यामा संक्रमित थपिएको जानकारी दिए ।

बिहीबारसम्म देशभर कोरोनाभाइरसको सक्रिय संक्रमित २६ हजार ६८४ पुगेको छ । जसमा संस्थागत आइसोलेसनमा ११हजार ७१७ र होम आइसोलेसनमा १४ हजार ९६७ जना रहेका छन् ।

उनका अनुसार थपिएका संक्रमितमध्ये काठमाडौंमा २ हजार ८५, भक्तपुरमा १३५ र ललितपुरमा ३२० जना रहेका छन् । यससँगै उपत्यकामा मात्रै बितेको २४ घण्टामा २ हजार ५४० जनामा संक्रमण पुष्टि भएको गौतमले बताए ।

तपाईको प्रतिक्रिया