भोजपुर– भोजपुरको षडानन्द नगरपालिका ८ मा विद्युतीय मिटर बक्स वितरण भएको छ । भोजपुरको षडानन्द नगरपालिका वडा नं. ८ तुङ्गेछामा वडा कार्यालय र विद्युत प्राधिकरण भोजपुर शाखाको सहकार्यमा १७० थान मिटर बक्स वितरण भएको हो ।

ग्रामिण सडकको कारण सदरमुकाम जान कठिन परिरहेको बेला वडा कार्यालयले सर्वसाधरणको कष्टलाई मध्येनजर गरेर वितरण गरिएको षडानन्द नगरपालिका वडा नं. ८ का कार्यबहाक वडाध्यक्ष छत्र बहादुर तामाङले जानकारी दिए ।

टोलटोलमा मिटर वक्स वितरण भएपछि स्थानिय हर्षित भएकाछन् । सदरमुकाम गएर मिटर वक्स ल्याउनकोलागि ३ दिन समय लाग्थ्यो वडा र विद्युत प्राधिकरण कार्यालयले टोलटोलमा मिटर वक्स वितरण गरेर समय र आर्थिक बचत भएको स्थानीय धर्मराज राईले बताए । लामो समयदेखि अन्धकारमा रहेको गाउँमा पहिलो पटक बिजुली बाल्न खुशीलागेको अर्का स्थानीय विनोद पराजुलीले बताए ।

कोरोना महामारीको समयमा गाउँ गाउँमा पुगेर सेवादिन पाउँदा विद्युत कार्यालयलेपनि खुशीलागेको वताएको छ । कार्यलयमा २÷३ सय ग्राहक आउनु भन्दा कार्यालयको २÷४ जना आएर ग्राहकको मासमा सेवा दिन पाउँदा खुसी लागेको विद्युत प्राधिकरण भोजपुरका कार्यालय प्रमुख रामबाबु घिमिरेले बताए ।

वडा भित्र विद्युत पुगेको सबै ठाउँमा मिटर बक्स नभएको वडा कार्यालयको पहलमा विद्युत प्राधिकरण भोजपुरको समन्वयमा नगरपालिका सहित ४ वटा संघ संस्थालाई गरेर १ सय ७० ओटा मिटर बक्स वितरण गरिएको समेत षडानन्द नगरपालिका वडा नं। ८ का कार्यबहाक वडाध्यक्ष छत्र बहादुर तामाङले बताए ।

तपाईको प्रतिक्रिया