काठमाडौं-ओली सरकारमा ३ नयाँ मन्त्रीको भित्रिएका छन् । नयाँ भित्रिने मन्त्रीहरुमा महासचिव विष्णु पौडेल अर्थ, नेता कृष्णगोपाल श्रेष्ठले सहरी विकास र लिलानाथ श्रेष्ठ महिला बालबालिका तथा ज्येष्ठ नागरिकको मन्त्रीको जिम्वेवारी पाएका छन् ।

फाईल तस्वीर

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार गरेको मन्त्रिमण्डल पुनर्गठनमा उनको नाम रक्षामन्त्रीको रुपमा समावेश छैन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्हाल्दै आएको रक्षामन्त्री पद खोसिएको छ । उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिइएको छ ।

सत्तारुढ नेकपाका सचिवालय सदस्य पोखरेलले मन्त्रीका रुपमा गरेको कामकारबाहीको विषय पटक पटक विवाद तानिएको थियो भने उनको कार्यशैलीका कारण सेनासँग समेत सम्बन्ध बिग्रिएको टिप्पणी हुने गरेको थियो । उनको पद खोसिएसँगै रक्षा मन्त्रालय प्रधानमन्त्री आफैले राखेका छन् । यस्तै ओली सरकारमा ३ नयाँ अनुहारले प्रवेश पाएको छ ।

महिलामन्त्रीको भूमिकामा रहेका पार्वत गुरुङलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ भने लिलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीको जिम्मेवारी दिइएको छ ।

तपाईको प्रतिक्रिया