दिङ्गला,२९ असोज– जनस्तरवाट स्थापना गरिएको मुलुककै जेठो षडानन्द माध्यमिक विद्यालय भोजपुरको विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा नेकपा निकट प्यानल विजयी भएको छ । बुधवार सम्पन्न निर्वाचनमा लेख बहादुर थापा नेतृत्वको नेकपा निकट भएको निर्वाचन संयोजक निमदोर्ची तामाङ्गले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिको सदस्यमा लेखवहादुर थापा, दिल वहादुर दर्जि, सुजता पराजुली र शान्ती श्रेष्ठ विजयी भएकाछन् । निर्वाचनवाट शालिकराम कोईराला भारी मतले शिक्षक अभिभावक संघको अध्यक्षमा निर्वाचित भएका छन् ।

लामो प्रयासवाट पनि सर्वसम्मतवाट विद्यालय व्यवस्थापन समिति चयन गर्ने प्रयास असफल भएपछि बुधवार अवेर निर्वाचन प्रक्रिया अघि वढाईएको थियो । निर्वाचनमा नेकपा र नेका निकट प्यानलले उमेद्वारी दिएका थिए । कूल १ सय ८२ मत खसेकोमा ८ मत पूर्ण वदर भएको विद्यालयका प्रअ गोपाल तिम्सिनाले जानकारी दिए । बुधवार राती अवेर मत परिणाम आएको हो ।

कसले कति मत पाए ?
नेकपा निकट प्यानल ( विजयी)
लेख वहादुर थापा ९७
दिल बहादुर दर्जी ९७
सुजता पराजुली ९९
शान्ती श्रेष्ठ ९४
शालिकराम कोईराला १०५ (शिक्षक अभिभावक संघ)
नेका निकट प्यानल
खुरराज श्रेष्ठ ६१
बुद्धिमान तामाङ्ग ५९
दिव्य कुमारी चापागाईं ५७
चन्द्रमाया तामाङ्ग ५७
भक्त बहादुर भुजेल ६२ (शिक्षक अभिभावक संघ)

तपाईको प्रतिक्रिया