भोजपुर– भोजपुरको षडानन्द नगरपालिकामा विपन्न परिवारको घरघरमा खाद्यन्न वितरण गरिरहेका छन् । षडानन्द नगरपालिका वडा नं. ७ निवासी नेपाली कांग्रेसका विद्यार्थी नेता मिलन विष्टले अपांग, आर्थिक अवस्था कमजोर र साहारा बिहिन घरपरिवालाई खाद्यन्न वितरण गरिरहेका छन् । साथै उनले प्रहरी चौकी देउरालीलाई १५०थान मास्क र १ थान ५००मि ली सेनिटाईजर, स्वास्थ्य चौकी देउराली र वडा नं. ११ वडा कार्यालय को लागि संयुक्त रुपमा ३५० थान मास्क वितरण पनि वितरण गरेका छन् ।

उन्ले षडानन्द नगरपालिका वडा नं. १२ का ४ घर परिवा नरध्वज पुलामी मगर शारीरिक रूपमा अशक्त, राजु कट्वाल (दृश्टीबिहिन) साहारा बिहिन राजकुमार मग्राती (प्यारालाइसिस भएको) साथै साहारा बिहिन नर ब राईको घरमा ३०केजि चामल, नुन १ केजि, दाल १ केजि, तेल १प्यकिट र न्युटोला १ केजि वितरण गरेका हुन् ।

अझ माहामारी भाईरसको संक्रमण अवस्था गम्भिर हुँदै गएको अवस्थामा विपन्न परिवार पहिचान गरि थप राहत समेत वितरण गरिने विष्टले बताएका छन् ।

तपाईको प्रतिक्रिया