भोजपुर– सिलिचोङ गाउँपालिकाका बाढी पहिरो पीडित घरपरिवारहरुलाई शेर्पा संघ अमेरिकाले आर्थिक सहयोग गरेका छन् । नेपाल शेर्पा संघ,संघीय कार्य समिति,काठमाडौंको समन्वयमा र नेपाल शेर्पा संघ जिल्ला कार्य समिति संखुवासभाको आयोजनामा शुक्रबार आर्थिक सहयोग राहत स्वरुप हस्तान्तरण गरेको हो ।

सिलिचोङ गाउँपालिकाका बाढी पहिरो पीडितहरुलाई मानवीय क्षति भएका ६ घरपरिवारलाई रु।१० हजारप्रति परिवार ९६० हजार०,पूर्ण घर क्षति भएका ४ घरपरिवारलाई ५ हजारका दरले ९रु २० हजार० र आंसिक क्षति भएका ९६ घर परिवारहरुलाई २५ सयका दरले ९रु।२ लाख ४० हजार०गरि कुल आर्थिक सहयोग रु।३ लाख २० हजार रकम राहत स्वरुप हस्तान्तरण गरिएको नेपाल शेर्पा संघ,जिल्ला कार्य समिति,संखुवासभाका जिल्ला सचिव मिगुर शेर्पाले जानकारी दिएका हुन् ।

संघले संघको उपाध्यक्ष वाङ्छे शेर्पाको अध्यक्षतामा शुक्रबार एक औपचारिक कार्यक्रम आयोजना गरि आर्थिक सहयोग हस्तान्तरण गरेको हो । सिलिचुङ गाउँपालिका प्रमुख राम बहादुर कुलुङको प्रमुख आतिथ्य तथा जिल्ला समितिका पुर्व अध्यक्ष तथा सल्हाकार पासाङ नोर्बु शेर्पाको विशेष आतिथ्य आर्थिक सहयोग हस्तान्तरण गरेको हो । साथै कार्यक्रममा नेपाल शेर्पा संघका केन्द्रिय सदस्य ठिलेन शेर्पा, हिमालयन शेर्पा सांस्कृतिक केन्द्र सङ्खुवा सभाका जिल्ला सचिव पेमादोर्ची शेर्पा लगायत राजनितिक दलका प्रतिनिधी, सामाजिक अभियान्त साथै जनप्रतिनिधीहरुको उपस्थितिमा सहयोग हस्तान्तरण भएको समेत शेर्पाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया