काठमाडौँ- पछिल्लो २४ घण्टामा नेपालमा थप १४ जनाकोे कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप १४ जनाको मृत्युसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय ७६ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट १४ लाख ६९४ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा २ हजार ७२५ पीसीआर परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ९ सय ३२ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया

Loading…