भोजपुर–  शिक्षक दुर्गाराज द्वारा लिखित पहिलो पुस्तक ‘युद्धकालका बाछिटाहरु’ को बिमोचन भएको छ । षडानन्द नगरपालिकाका मेयर विरबल राईले षडानन्द बहुमुखि क्याम्पसको हलमा आयोजित कार्यक्रममा पुस्तक बिमोचन गरेका हुन् ।

राईद्वारा लिखित पुस्तकमा द्वन्द्वकालमा घटेका सत्यथत्य घटनाहरुलाई समावेश गरिएको छ । देशमा भएको १० बर्षे सशस्त्र जनयुद्धमा जनताले खेप्नु परेको कष्टलाई लेखिएको र अहिलेलाई भन्दा आउने भावी पुस्ताको लागि उपयोगी पुस्तक भएको लेखक राईले बताए । लेखक राईले दिंलामा रहेको अरुण माध्यमिक विद्यालयमा १६ बर्ष माध्यमिक अंग्रेजी शिक्षकको रुपमा सेवा गरेका थिए भने हाल जालपा मावि चौकिडाँडामा कार्यरत रहेका छन् ।

पुस्तक भित्र युद्धको पहिलो अनुभव, सर, ये आद्मी हामी पकड्के ल्याएछ, ए भाई ज्ञ खानाको पैसा खै त , गाला चड्काईदिन्छु, भगवान भरोसा, बिचरा खत्रिनी हजुरी घरदेखि बाहिरिइन्, जिन्दगीको सबैभन्दा ठुलो कृतज्ञता उनिलाई र इतिसंहार गरेर ८ वटा निवन्धहरु समावेश गरिएको छ ।

पुस्तक विमोचन कार्यक्रमलाई सम्वोधन गर्दै मेयर राईले अवको अवस्थामा सशस्त्र युद्धको आवश्यकता नभएको वताए । उनले भने ‘अव देशको विकास गर्न युद्ध हैन सवै पक्ष सहकार्य गरेर अघिवढे मात्र देशको विकास हुन्छ, युद्धले विनासमात्र निम्त्याउँछ ।’

पुस्तक विमोचन कार्यक्रममा बोल्दै कार्यक्रमका सभाध्यक्ष तथा षडानन्द बहुमुखि क्याम्पसका प्रमुख नरेन्द्र बस्नेतले दिंलामा पुस्तक लेखनको खडेरी तोडिएको वताए । उनले दिंला जस्तो बौद्धिक केन्द्रमा साहित्यिक गतिविधि न्युन भएकोमा चिन्ता व्यक्त गरे ।

 

तपाईको प्रतिक्रिया