दिंला- भोजपुरको षडानन्द नगरपालिका स्तरीय सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको संस्था विद्यालय स्तरीय सहयोग समन्वय समितिको अध्यक्षमा राजन विक्रम राई चयन भएकाछन् । मंगलवार दिंला बजारमा आयोजना गरिएको आम भेलाले राईको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा छत्र बहादुर विष्ट, सचिवमा मान वहादुर तामाङ, सह सचिवमा दिपेन्द्र राई, कोषाध्यक्षमा दिपेश विष्ट र सदस्यहरुमा क्रमशः मृगेन्द्र वहादुर तामाङ, माधव थापा, टेक वहादुर कार्की, निलकष्ठ भण्डारी र लेख वहादुर थापा रहेकाछन् ।

विव्यसको हक अधिकारलाई सुरक्षित र सुनिश्चित गराउँदै नगरपालिका भित्रका सरकारी विद्यालयहरुमा शिक्षाको लागि सवै सरोकारवाला निकायहरुसँग पारदर्शि ढंगवाट सहयोग र समन्वय गर्ने उदेश्यले समितिको गठन गरिएको नवगठित समितिका अध्यक्ष राजन विक्रम राईले वताए ।

तपाईको प्रतिक्रिया