भोजपुर- शिक्षक तथा गीतकार सनम थापाको पुर्वेली लोकगीत पानी कुवैको सार्वजानिक भएको छ । पुर्वेली लोकलयमा रहेको गीत मंगलवार किंग स्टुडियोको आधिकारीक युट्युव च्यानल मार्फत सार्वजानिक भएको गीतकार थापाले खवरट्वीटलाई जानकारी दिए ।

गीतमा हाल चर्चामा रहेको विनायो कंग कंग गीतकी चर्चित गायिका सुनिता थेगिम र मनोज सामसोन राईको स्वर रहेको छ  । गीतकार थापाले गीतमा भोजपुरको कला संस्कृति, पर्यटन र रितिरिवाजलाई जस्ताको तस्तै पस्कने प्रयास गरेका छन् । उनले गीतमा भोजपुरको ऐतिहाँसिक टक्सार, दिंला बजारका साथै पर्यटकीय स्थलहरु ट्याम्के, साल्पा धामलाई पनि कलात्मक ढंगले प्रस्तुत गरेकाछन् ।

साबिकको सन्त साबित्रा उ.मा.बि.भोजपुरका पुर्ब प्राचार्य रहेका गीतकार थापा हाल महेन्द्र माबि मानेभञ्ज्याङ तथा  हिमालय किरण क्याम्पसमा प्राध्यापनरत रहेकाछन् । उनि मकालु साहित्य समाज, प्राज्ञिक विद्यार्थी परिषद, रोधी समाज संखुवासभामा समेत आवद्ध रहेका छन् ।भिडियो…

 

तपाईको प्रतिक्रिया