चर्चामा मैयुङ् टेम्केको…(भिडियो) सहित

भोजपुरको ट्याम्के मैयुङ् गाउँपालिका यो साता प्रदेश १ मै वढि चर्चामा रह्यो । मुख्यमन्त्री शेरधन राईले गाँउपालिकालाई उज्यालो पालिका घोषणा गर्ने देखि ३ हजार १ सय मिटर अग्लो ट्याम्के डाँडामा भ्यु टावरको शिलान्यास गरेपछि यसको चर्चा चुलिएको हो ।

त्यतिमात्र हैन स्थानिय कला संस्कृति, पर्यटकीय स्थल र स्थानिय आम्दानीको स्रोत रुद्राक्ष, करुवा, खुकुरीलाई समेटेर तैयार पारिएको गीत मैयुङ् टेम्केको…सार्वजानिक भएपछि यसको चर्चा अझ बढेको छ । गीतमा संखुवासभाकी दृष्टिविहिन गायिका रिता राई र जितेन्द्र राईको स्वर रहेको छ भने शव्द विमल खेवाछालीको र सँगीत तथा सँगीत सयोजन मनोज सामसोन राईको रहेको छ ।

गीतमा भोजपुरका प्रमुख पर्यटकीय स्थलहरु ट्याम्के, साल्पा, कुलोपुङ्को डाँडा साथै ऐतिहाँसिक स्थलहरु दिंला, टक्सार, हतुवागढी जस्ता स्थलहरुलाई पनि कलात्मक ढंगले प्रस्तुत गरिएको छ । गीतमा भोजपुरका पहिचानको रुपमा रहेका खुकुरी, करुवा, रुद्राक्षलाई पनि समेटिएको गीतकार खेवाछालीले खवरट्वीटलाई वताए ।