दिङ्ला,११ मंसिर- केहिदिन देखि एकजना बृद्धको तस्वीर सामाजिक सञ्जालमा भाईरल भईरहेको छ । एउटा थोत्रो व्ल्याकेट ओडेर परालमाथि स्लाईन चढाईरहेको अत्यन्तै नाजुक अवस्थाका बृद्धको सामाजिक सञ्जालमा फोटो सार्वजानिक भएपछि विश्वभर रहेका नेपालीमाझ उनको चर्चा परिचर्चा भएको हो । उनको दयनिय अवस्था देखेपछि सामाजिक सञ्जालमा स्थानिय देखि केन्द्र सरकारसम्मको चर्को आलोचना भईरहेको छ ।

को हुन त भाईरल बृद्ध ?

सामाजिक सञ्जालमा कारुणिक तस्विर सार्वजानिक भएपछि भाईरल भएका बृद्ध भोजपुरको षडानन्द नगरपालिका ३ खार्ताम्छा गैरीगाँउका ७८ बर्षीय राम बहादुर राई हुन । १७ बर्ष अघि श्रीमतीको मृत्यु भएपछि एक सुस्तमनस्थितिका छोरा र एक छोरी सँग वस्दैआएका थिए । केहि बर्ष अघि छोरीलाई मामा नाता पर्नेले पढाईदिन्छु भनेर तराईतिर लगेर सम्पर्क विहिन भएपछि आँफु साहाराविहिन भएको राईले खवरट्वीटसँग गुनासो गरे ।

कसरी भाईरल भयो तस्वीर ?

बृद्ध राम बहादुर राईको तस्वीर कुनै सञ्चार माध्यम वा सामाजिक अभियान्ता वाट शुरुमा भाईरल भएको होईन । स्थानिय खार्ताम्छा स्वास्थ्य चौकीकी एक स्वास्थ्यकर्मीले स्वास्थ्य उपचारकोलागि बृद्ध वसिरहेको छिमेकी मंगल बहादुर तामाङको दाउरा राख्ने गोठमा पुगेर फोटो फेसवुकमा राखेपछि भाईरल भएको सोहि वडाका वडाध्यक्ष गणेश अधिकारीले वताए ।

कस्तो छ त उनको अवस्था ?

बृद्ध राम बहादुर राईको अवस्था दयनिय रहेको छ । बुधवार विहान सञ्चारकर्मी, स्थानिय उद्योग वाणिज्य संघ दिंलाका अध्यक्ष, किराँत राई यायोख्खा षडानन्द नगर कमिटिका पदाधिकारी तथा न्युसमिट वोडिङका सञ्चालकहरु उनिवसिरहेको गोठमा पुग्दा उनि दयनिय अवस्थामा आगो तापिरहेका थिए । असोज १८ गते देखि रिंगटा लाग्ने, खोकी, ज्वारो आउने, खाना नरुच्ने समस्या केहि दिन देखि खुट्टा चल्न छोडेको उनले खवरट्वीट सँगको कुराकानीमा वताए । आँफु सँग रहेका एकमात्र सुस्त मनस्थितिका २३ बर्षीय छोरा मन कुमार राईको भर नभएपछि आफ्नो घर छोडेर सहाराको लागि छिमेकी मंगल बहादुर तामाङको घरमा शरणलिन पुगेका हुन् ।

बाँच्न चाहन्छु मलाई बचाउँनुहोस् !

बृद्ध राईले आँफु बाँच्न चाहेको वताएकाछन् । आँफु तन्दुरुस्त भएर सुस्त मनस्थितिको छोरालाई हेरचाह गर्ने उनको चाहना छ । कोहि सहयोगी आएर आँफुलाई सहयोग गर्नको लागि उनले अपिल गरेकाछन् । रिंगटा लाग्ने समस्या ठीक भएमा मात्र पनि केहि बर्ष अझै बाच्ने उनले उनले हिम्मत गरेकाछन् । छोरा सँगै लगेर उपचार गरिदिए उपचारको लागि जान तयार रहेकोपनि राईले खवरट्वीटलाई वताए ।

कसले गर्दै छ त सहयोग ?

सामाजिक सञ्जालमा भाईरल भएतापनि बृद्ध राईलाई उल्लेख्य सहयोग भने आउन नसकेको अवस्था रहेको छिमेकीहरु वताउँछन् । उनका मुख्य सहयोगि भनेको छिमेकीहरुनै हुन । उनलाई चिया, खाना, तातो पानी छिमेकी मंगल बहादुर तामाङ र हर्क कुमारी राईले दिईरहेकाछन् । बुधवार विहान शिवम् सप्लायर्स तथा आईएमई सेन्टर दिंलाका सञ्चालक सरिता श्रेष्ठले जन्मदिनको अवसरमा सिरक, डसना, तन्ना र सिरानी प्रदान गरेकी छिन् । राईलाई किरात राई यायोख्खा दिंला शाखा, न्यु समिट बोर्डिङ, व्यापारी रमेश कटवाल,कुमार गुरुङ, बुढाशुव्वा हार्डवेयर, यल्लो रिभर ग्रुपले लत्ताकपडा, चामल, दाल, विस्कुट लगायतका सामाग्री प्रदान गरेकाछन् ।

 



तपाईको प्रतिक्रिया