भोजपुर– कोरोना संक्रमणबाट मृत्यू भएकी युवतीको सम्पर्कमा भएका २० जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको छ । भोजपुरको षडानन्द नगरपालिका ८ मा २ गते कोरोना संक्रमणबाट मृत्यु भएकी २४ बर्षीया युवतीको सम्पर्कमा आएका २० जनाको रिर्पोट नेगेटिभ आएको हो ।

संक्रमित युवतीको मृत्यु भएपछि उनको सम्पर्कमा रहेकाको मंसिर ९ गते पिसिआरको लागि स्वाब संकलन भएको थियो । सम्पर्कमा आएका १९ जना सर्वसाधारण र एक जना स्वस्थ्यकर्मी सहित २० जनाको रिर्पोट आज नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यलय भोजपुरले जनाएको छ ।

युवती धरान स्थित घोपा क्याम्पमा उपचारको क्रममा संक्रमण पूष्टी भएको थियो । उनलाई होम आईसुलेशनमा राख्ने क्रममा गत २ गते सोमबारको दिन मृत्यू भएको थियो । युवती मृत्यू भएसँगै नगरपालिकाको सम्पुर्ण सरकारी तथा गैर सरकारी संघ संस्थाहरु समेत बन्द गरिएको थियो ।

तपाईको प्रतिक्रिया