भोजपुर, १३ मंसिर– भोजपुरको षडानन्द नगरपालिकाका सवै कार्यालयहरु भोलिवाट सुचारु हुने भएकाछन् । नगरपालिकाको वडा नम्वर ८ मा मंसिर २ गते कोरोना संक्रमणबाट २४ बर्षीया युवतीको मृत्यु भएपछि कोरोना संक्रमण फैलिने भन्दै नगरपालिकाले नगरपालिका, वडा साथै बैंक तथा वित्तीय लगायतका सवै सरकारी गैर सरकारी कार्यालय वन्द गर्ने निर्णय गरेको थियो ।

मृतक युवतीको सम्पर्कमा आएका २० जनाको रिर्पोट शविवार नेगेटिभ आएपछि आईतवारवाट कार्यालयहरु खोल्ने सुचना प्रकाशित गरेर नगरपालिकाले सूचित गरेका छ । संक्रमित युवतीको मृत्यु भएपछि उनको सम्पर्कमा रहेकाको मंसिर ९ गते पिसिआरको लागि स्वाब संकलन भएको थियो । सम्पर्कमा आएका १९ जना सर्वसाधारण र एक जना स्वस्थ्यकर्मी सहित २० जनाको रिर्पोट आज नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यलय भोजपुरले जनाएको छ ।

युवती धरान स्थित घोपा क्याम्पमा उपचारको क्रममा संक्रमण पूष्टी भएको थियो । उनलाई होम आईसुलेशनमा राख्ने क्रममा गत २ गते सोमबारको दिन मृत्यू भएको थियो । युवती मृत्यू भएसँगै नगरपालिकाको सम्पुर्ण सरकारी तथा गैर सरकारी संघ संस्थाहरु समेत बन्द गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया