भोजपुर । प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासंघ भोजपुरको संयोजनमा ‘पत्रकार आचारसंहिता जागरण अभियान २०७३’ विषयक अन्र्तक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको सभा हलमा विहीबार सम्पन्न अन्र्त क्रियात्मक कार्यक्रममा पत्रकारितामा पत्रकारहरुले पालना गर्नुपर्ने नियमकानुन, आचारसंहिताको विषयमा अन्र्तक्रिया गरिएको थियो ।
अन्र्तक्रियामा पत्रकारको भुमिका, कर्तव्यको विस्तृत विश्लेषणात्मक धारणा दिदै प्रेस काउन्सिलका सदस्य शुभेक्षादेवी तुलाधारले सहजीकरण गरेकी थिईन् । पत्रकारको रुपमा समाजको मूल धारमा आएपछि उसले नियम कानुनको दायरा भित्र रहेर कलम चलाउनुपर्ने एक असल पत्रकारको कर्तव्य र मर्यादा रहने उनको भनाई थियो । कुनै पनि विषयभन्दा बाहिर गएर पत्रकारले काम गर्न नहुने जस्ता विभिन्न विषयहरुमा छलफल गरिएको थियो ।
देशको मूल धारमा रहि समाज परिवर्तनको दरिलो हतियार बन्ने पत्रकारहरुको सेवा सुरक्षाको प्रत्याभूति सबै सम्बन्धित निकायले ध्यान दिनुपर्ने प्रेस काउन्सिलका अर्का सदस्य चेतननाथ धमलाले बताए । ‘पत्रकारले हरेक आचारसंहिताको घेरामा रहेर काम गर्नुपर्छ र सोहि अनुसारको भुमिका पनि निर्वाह गर्नुपर्छ,’ उनले भने ।

राष्ट्र निर्माण, समाज रुपान्तरण, आवाजविहीनहरुको आवाज बुलन्द गर्ने संवाहक, ठुलासाना, वर्गीय विभेदलाई सहि दिशानिर्देश गर्ने कर्मठ नागरिकको रुपमा रहेको पत्रकारहरुको देन अपरिहार्य रहने काउन्सिलका सह प्रशासकीय अधिकृत दिपक खनालले बताए । काउन्सिलले पत्रकारहरुलाई समायानुकुल सल्लाह तथा परामर्श दिने, काम कर्तव्यमा सीमा बाहिर रहेर नियमकानुनको उल्लघन गर्ने पत्रकारहरुलाई सहि निर्देश गर्ने गरेको उनको भनाई छ । अन्र्तक्रियात्मक कार्यक्रममा जिल्लास्थित क्रियाशिल पत्रकार, मिडियाकर्मी, कार्यालय प्रमुख, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया