भोजपुर- भोजपुरको षडानन्द नगरपालिका – ७, वितलवमा ट्याक्टर दुर्घटना हुँदा ४ जना घाईते भएका छन् । स्थानिय हर्क बहादुरको दाईँ सकेर धान पराल बोकेर दहेंरे सहित निजको घर सालबोटेतर्फ जाँदै गरेको ट्याक्टरको डाली पल्टिएर बेलुका ५ बजेतिर दुर्घट्ना भएको ईलाका प्रहरी कार्यालय दिंलाका प्रहरी निरिक्षक भाष्कर खतिवडाले जानकारी दिए ।

घाईते हुनेमा स्थानिय ५५ बषीय दावा तामाङ्, बर्ष २९ का सुदिप तामाङ्, बर्ष ४७ का हर्क बहादुर तामाङ् र ३१ बर्षीय अर्जुन तामाङ् रहेका छन् । दावाको खुट्टा काट्नुका साथै छातीमा समस्या देखिएको छ भने सुदिप को टाउकोमा चोट साथै हर्क वहादुरको पनि टाउकोमा चोट लागेको छ , अर्जुनको हात भाँचिनुको साथै टाउकोमा समेत चोट लागेको स्थानिय रिद्दि चर्मकारले खवरट्वीटलाई जानकारी दिए । उनिहरु सवैको संखुवासभाको तुम्लींगटार स्थित मनकामना अस्पतालमा उपचार भईरहेको वडाध्यक्ष बुद्धसिं तामाङ्ले जानकारी दिए ।

घाईतेहरु खतरा मुक्त रहेको मनकामना हस्पिटलले जनाएको छ । ट्याक्टरमा घान परालको साथै ८ जना दहेंरे पनि रहेको वताईएको छ । ४ जना भने हाम फालेर सकुसल रहन सफल भएका छन् । खोल्साको साँगुरो वाटोमा टर्निङ् नपुगेर डाली पल्टिएको हुन सक्ने प्रासम्भिक अनुमान प्रहरीले गरेको छ ।

तपाईको प्रतिक्रिया