अहिले पहाडी क्षेत्रका किसानलाई धान थन्क्याउन भ्याई नभ्याई छ । असार, साउनमा रोपेको धान बर्षातले राम्रो साथ दिएपछि उब्जनी पनि राम्रो भएको किसानहरुले वताएकाछन् । विगत बर्षहरुमा मंसिरमा बर्षात तथा यदाकदा असिनाले समेत पिरोल्ने किसान यस बर्ष बर्षात पनि नभएपछि किसानहरुमा अझ किसानहरुको अनुहारमा कान्ती छाएको छ । यस बर्ष नियमित बर्षात भएपति सिम भन्दा पनि पाखा खेतहरुमा धान उत्पादन बढेको किसानहरुले वताएकाछन् ।

तपाईको प्रतिक्रिया