भोजपुर– भोजपुर जिल्लाको सबै भन्दा अग्लो मानिएकोझरना उचित प्रवद्र्धनको अभावमा गुमनाम रहेको छ । भोजपुरको षडानन्द नगरपालिका ३ खार्तम्छामा रहेको १ सय ३९ मिटर अग्लो यो झर्नाको उचित प्रर्वद्धन हुन सकेको छैन् ।

प्रदेश १ सरकार र षडानन्द नगरपालिकाको आर्थिक लगानीमा छाँगे झर्नालाई पर्यटकीय क्षेत्र निर्माण गर्ने प्रयास भएता पनि त्यो उल्लेख्य देखिदैन । षडानन्द नगरपालिकाको १० लाखले झरनाको नजिक ग्याविन तारजालि र सिंडि साथै र प्रदेश सरकारको ५० लाख बजेटले ६ सय ४८ सिँढी प्रतिक्षालय र ट्वाईलेट निर्माण भएको छ ।

उचित प्रचारप्रसार नहुँदा षडानन्द नगरपालिकाकै कतिपय झरनाको वारेमा अनभिज्ञ छन् । झरनाको धार्मिक आस्था समेत रहेको स्थानियहरु वताउँछन् । यस क्षेत्रलाई छाँगे धाम भनेर पनि चिनिएतापनि भ्रमण गर्न आउनेहरु स्थानियमात्र रहने गरेको साविक खार्ताम्छा गाविसका अध्यक्ष सम्वर राईले खवरट्वीटलाई वताए । छाँगे धाम र झर्ना संगै भएकोले उचित प्रचार प्रसार गर्न सके धार्मिक पर्यटक तथा मनोरञ्जनात्मक ढंगबाट आउने पर्यटकहरुको संख्या बढ्न सक्ने पर्यटकीय छाँगे झर्ना निर्माण उपभोक्ता समितिका अध्यक्ष शोम्बा तामाङले बताए ।

धार्मिक आस्थाले आउने पर्यटकहरुको लागि छाँगे धाम भएको र मनोरञ्जनका लागि आउने पर्यटकहरुको लागि झर्ना भएको कारण पर्यटक बढ्नु स्वभाविक हो । गत साल प्रदेश संसद राजेन्द्र राईको पहलमा केहि व्यवस्थापन भएको छ । अझ यसलाई व्यवस्थित गर्ने हो भने आन्तरिक पर्यटक मात्रै नभएर बाह्य पर्यटक समेत भित्र्याउन सकिने र त्यसको लागि नगरपालिकाले समेत अझ ध्यान दिनु पर्ने स्थानीय हरी भित्रिकोटीले बताए ।

पर्यटकीय क्षेत्र भनेर सुनिन्थ्यो आउन सकिएको थिएन बजेट लगाईयो तर अहिले आएर प्रत्यक्ष अवलोकन गर्दा साच्चिकै खुसी लागेको छ । आगमी दिनहरुमा यसलाई थप पर्यटकीय क्षेत्र निर्माण गर्न र भौतिक संरचनाहरुलाई व्यवस्थित बनाउन आफु लागि पर्ने र छाँगे झर्नालाई व्यवस्थित बनाउने प्रदेश संसद राजेन्द्र कुमार राईले बताएका छन् ।

यस क्षेत्रमा यातायातको साथै खाने वस्ने होटल, होमस्टेको व्यवस्था गर्न सके आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन बढ्ने देखिन्छ । जिल्लाकै अग्लो झर्ना भए पनि प्रचार प्रसारको अभावमा ओजेलमा रहेको यस छाँगे झर्नालाई सम्बन्धित निकायले प्रर्वद्धन गर्न आवाश्यक छ ।

तपाईको प्रतिक्रिया