भोजपुर–संखुवासभाको खाँदबारी–९ तुम्लिङटारमा शुक्रबार ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक खाँदबारी नगरपालिका– १ खाँदबारीका २५ वर्षीय दिवश राई रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभा प्रहरी निरीक्षक सन्तोष बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार, शुक्रबार करिब मध्यन्न १२ बजेर १० मिनेटको समयमा तुम्लिङटारबाट खाँदबारीतर्फ आउँदै गरेको को २ त ४३१९ नम्बरको ट्याक्टर र खाँदबारीबाट तुम्लिङटारतर्फ जाँदै गरेको ना.४५ प २०७० नम्बरका मोटरसाइकल ठोक्किदाँ गम्भिर घाईते भएका थिए । खाँदबारी–९ को मुग्लिनमा एक–आपसमा ठोक्किदाँ मोटरसाईकलमा सवार दुईजना गम्भिर घाईते भएका थिए । गम्भीर घाइते भएका दिवशको उपचारको क्रममा तुम्लिङटारस्थित मनकामना अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

मोटरसाइकलमा सवार दिवशका साथी खाँदबारी–१ चाँदनीचोकका मनोज सोनाम लिम्बूको मनकामना अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं पठाई सकिएको जिल्ला प्रहरी कार्यलय संखुवासभाले जनाएको छ ।
ट्याक्टर र ट्याक्टर चालक जिल्ला प्रहरी कार्यालयको नियन्त्रण रहेको समेत कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया