भोजपुर–भोजपुरको दिङ्लामा ऐतिहासिक रुपमा लाग्ने बालाचर्तूदशी मेलामा मन्दिर मात्र खुल्ने भएको छ । बजारमा बिगत बर्षहरुमा जसरी स्टल राखेर व्यपार गर्ने खेल खेलाउने जस्ता कार्य रोक्ने निर्णय नगरपालिकामा भएको सर्वपक्षिय बैठकले गरेको हो । विगतदेखि संस्कारको रुपमा सीताराम मन्दिरमा हुने पुजा तथा धार्मिक मेला लगाउने नगरपालिकाले निर्णय गरेको हो ।

कोरोना माहामारीको संक्रमण न्यून नभएको कारण विश्व स्वास्थ्य संगठनको मापदण्ड कायम राखी उच्च सतर्क अपनाई धार्मिक परम्परालाई निरन्तरता दिने भएको हो । बजरामा नयाँ स्टल निर्माण गरि व्यापार व्यवसाय गर्न र खेलकुद खेलाउन नपाउने नगरपालिकाको कार्यलयमा भएको सर्वपक्षिय बैठकले निर्णय गरेको हो ।
हेर्नुहो सुचना

तपाईको प्रतिक्रिया