भोजपुर,२९ मंसीर- मोरंगको मिक्लाजुंगको सरस्वती आधारभुत विद्यालयका प्रअ राजेन्द्र श्रेष्ठको हत्याको विरोधमा भोजपुरका शिक्षकहरुले ज्ञापन पत्र बुझाएकाछन् । प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरी मार्फत प्रधानमन्त्रीलाई शिक्षक महासंघ भोजपुरको नेतृत्वमा जिल्लामा रहेका शिक्षक संगठनहरुले सोमवार ४ बुँदे माग सहितको ज्ञापन पत्र बुझाएका हुन ।
ज्ञापन पत्रमा एकिकृत अखिल शिक्षक संगठनका सदस्य समेत रहेका राजेन्द्र श्रेष्ठको मंसीर २३ गते राजनीतिक दलको आवरणमा अपराधिक समुहले घरैवाट अपहरण गरि विभत्स हत्या भएकोमा शिक्षक महासंघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । हत्याको जिम्मलिने विप्लप नेतृत्वको नेकपा लाई लक्षित गर्दै यस प्रकारको गैर राजनीतिक, गैरकानुनी, व्यक्ति तथा राज्यविरोधी क्रियाकलाप भएको भन्दै यस्ता क्रियाकलाप रोकेर बेलैमा सच्चिएर प्रतिस्पर्धात्मक राजनीतिक मूलधारको मार्गमा आएर देश निर्माणमा लाग्न सुझाव दिईएको छ । विद्यार्थीको भविष्य निर्माणमा लाग्दा लाग्दै एउटा शिक्षकको विभत्स र पासविक हत्या प्रति ५ लाखको हाराहारीमा रहेका शिक्षकहरु मर्माहित भएको पनि ज्ञापन पत्रमा उल्लखेख छ ।

ज्ञापन पत्र मार्फत हत्या गरिएका शिक्षक श्रेष्टको हत्यारालाई कानुनी कठगरामा ल्याई हदै सम्मको कारवाही गरिनुपर्ने, शिक्षक श्रेष्ठलाई शहिद घोषण गरिनुपर्ने, मृतकको परिवारलाई उचित क्षतिपुर्ति दिईनुपर्ने र श्रेष्ठका छोरा छोरीलाई उच्चा शिक्षा, रोजगारीे र निःशुल्क स्वास्थ्य सेवाको ग्यारेन्टी हुनुपर्ने माग अघि सारिएको छ ।

ज्ञापन पत्र बुझ्दै भोजपुरका प्रजिअ  पुरीले माग जायज भएको र दोषीलाई कारवाही गराउने सन्दर्भमा आफ्नो तर्फवाट सकारात्वक भूमिका खेल्ने प्रतिवद्धता जनाएको सहभागी एकिकृत अखिल नेपाल शिक्षक संगठनका उपाध्यक्ष रिद्धि चर्मकारले जानकारी दिए ।

तपाईको प्रतिक्रिया