भोजपुर । स्थानीय निकायको निर्वाचनको मिति नजिकिदै जाँदा भोजपुरमा गाउँपालिका तथा नगरपालिकाको मेयरका उम्मेदवारीहरुको आकांक्षीहरुको संख्या धमाधम बढन थालेको छ । जिल्लामा दुई नगरपालिका र सात गाउँपालिका रहेको भोजपुरमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा धेरै आकांक्षी देखिएका छन् ।
त्यस्तै राप्रपा र संघीय समाजवादी फोरममा समेत उम्मेदवार बन्न खोज्नेहरु धेरै छन् । उम्मेदवारहरू पार्टीको नेतृत्व गर्ने देखि लिएर युवा अनुहार पनि धेरै देखिएका छन् ।
भोजपुर नगरपालिकामा नेपाली कांग्रेसबाट डम्वर श्रेष्ठ, गोपाल मोक्तान, मुकुन्द रायामाझी, कैलाश अाले र कमल थुलुङ देखिएको छ भने नेकपा एमालेबाट भरत तामाङ, गणेश श्रेष्ठ, रमेश शाक्य, विष्णु वहादुर राउत र ज्ञान वहादुर वस्नेत रहेको छ । त्यसैगरी नेकपा माओवादी केन्द्रमा रविन तामाङ, भिष्म प्रधान र सूर्य गोलेको रहेको छ ।
त्यसैगरी, षडानन्द नगरपालिकामा नेपाली काङ्ग्रेसबाट विरवल राई, जनक घले र देवेन्द्र राई नेकपा एमालेमा देवीराम चौलागाँई, सुरेन्द्र उदास, सम्मर वहादुर राई, किशोर किराँत र नेकपा माओवादी केन्द्रमा दिलकुमार राई, भिम तामाङ, राजेन्द्र विक्रम राई, किरण राई र प्रेम राई रहेका छन् ।
त्यस्तै साल्पासिलिछो गाउँपालिकामा नेपाली काङ्ग्रेसमा विक्रम वन सन्यासी, महेश राई र चेतराज अधिकारी सुवास अधिकारी, गणेश बुढाथोकीको नाम चर्चा रहेको छ । त्यस्तै नेकपा एमालेमा खगेन्द्र राई, शान्ती अधिकारी र जीवन रार्इ र नेकपा माओवादी केन्द्रमा मुकुन्द किराँती, प्रेम राई, रविन्द्र अधिकारी र दलबहादुर गिरीको चर्चा रहेको छ ।
त्यस्तै अरुणगाउँपालिकाबाट नेपाली काङ्ग्रेसमा शालिकराम खत्री, पुष्प वैद्य, गजेन्द्र कार्की र चुडामणी दाहाल, नेकपा एमालेबाट शिवराज सापकोटा, सुरेन्द्र श्रेष्ठ, ठाकुर सिं राई र भक्त राई र नेकपा माओवादी केन्द्रमा विमल खड्का र वलभद्र राईको रहेको छ ।
त्यसैगरी पौवादुङ्मा गाउँपालिकामा नेपाली काङ्ग्रेसमा शिसिरा राई, बालकृष्ण राई र मनोज कार्की नेकपा एमालेमा किरण राई, तिर्थबहादुर राई, उदय वहादुर कार्की र नेकपा माओवादी केन्द्रबाट नगेन्द्र भुजेल र विन्द्रमान राई रहेको नाम चर्चामा रहेको छ ।
त्यसैगरी रामप्रसादराई गाउँपालिकामा नेपाली काङ्ग्रेसबाट जगत चौहान र विन्द्र राई रहेको छ भने नेकपा एमालेमा सूर्य रार्इ, अब्वर राई, पर्शुराम राई, विजय राई र दिपक तामाङ र नेकपा माओवादी केन्द्रमा प्रेम कार्की, थामप्रसाद राई, सम्झना राई, निर्माण किराती र ममता प्रधानको नाम चर्चामा देखिएको छ ।
ट्याम्केमैयुङ गाउँपालिका नेपाली काङ्ग्रेसमा सरोज वस्नेत र रुद्र किरात त्यसैगरि नेकपा एमाले ध्रुव राई, विष्णु कुमार राई र घमान सिं राई र नेकपा माओवादी केन्द्रबाट संघिय समाजवादी फोरमसँग एकता गरेर जाने चर्चा रहेको छ ।
त्यसैगरी, आमचोक गाउँपालिका नेपाली काङ्ग्रेस रविन राई, गोपाल खड्का र आदित्य राई नेकपा एमालेबाट टिका विष्ट, वहादुर राई र भिम राई त्यस्तै नेकपा माओवादी केन्द्र असोक राई र सन्दिप किरातीको नाम आएकोछ ।
हतुवागढी गाउँपालिका नेपाली काङ्ग्रेस राम वहादुर श्रेष्ठ, मदन खुलाल, अम्रित राई र दिनेश घिमिरे नेकपा एमालेबाट प्रेम कुमार राई, राजेन्द्र राई र आनन्द राई नेकपा माओवादी केन्द्रबाट रविन राई र कृष्ण कुमार राईको नाम चर्चामा रहे पनि कांग्रेस, संघिया समाजवादी फोरम र नेकपा माओवादी केन्द्रमा कुरा मिलेमा स्वतन्त्रबाट साझा उम्मेदवारीमा इश्वरमान राईलाई अगडि बढाउने चर्चा रहेको छ ।
भोजपुरमा स्थानीय निर्वाचनबाट ४ सय २३ जना जनप्रतिनिधि चयन गर्न एक लाख ५ हजार ५ सय ५४ मतदाताले मतदान गर्नेछन् ।
निर्वाचनका लागि जिल्लामा १३ दल दर्ता भएका छन् । यी सबै दलले एक पदमा एक उम्मेदवारी दिएमा चुनावी मैदानमा ५ हजार ४ सय ९९ जना उम्मेदवार हुनेछन् ।
भोजपुरमा दुई जना नगर प्रमुख, दुई जना उप–नगर प्रमुख, सात गाउँपालिका अध्यक्ष र सात उपाध्यक्ष चयन हुनेछन् । त्यस्तै, ८१ वडाबाट ८१ जना अध्यक्षहरु निर्वाचित हुनेछन् । ८१ वटा वडाबाट दुई खुला, एक दलित महिला र एक महिला सदस्यसहित चार सदस्यका दरले ३ सय २४ जना वडा सदस्य चयन हुनेछन् ।
भोजपुर नगरपालिकामा –१२ वडा रहेका छन्, भने षडानन्द नगरपालिकामा –१४ वटा वडा रहेका छन् । त्यस्तै आम्चोक गाउँपालिकामा–१०, साल्पासिलिछो गाउँपालिकामा –६, पौवादुम्मा गाउँपालिकामा ६, अरुण गाउँपालिकामा –७ रामप्रसाद राई गाउँपालिकामा –८ र ट्याम्केमैुङ र हतुवागढी गाउँपालिकामा – ९÷९ वटा वडाहरु रहेका छन् ।

तपाईको प्रतिक्रिया