भोजपुर– ईलाका प्रहरी कार्यालय दिङ्लाले विद्यार्थीहरु संगको लागु औषध विरुद्ध जनचेतना मुलक कार्यक्रम सहित दुई कार्यक्रम सम्पन्न गरेको छ । षडानन्द नगरपालिकामा रहेको  षडानन्द माध्यमिक विद्यालयमा मंगलबार लागु औषध बिरुद्ध जनचेतना मुलक कार्याक्रम आयोजना गरि सम्पन्न भएको छ भने बुधबार ईलका प्रहरी कार्यालय दिङ्लाको मातहतमा रहेको प्रत्येक चौकी र ईलाका प्रहरी कार्यालय दिङ्लाका ७ जना प्रहरी गरी जम्मा १५ जनालाई घट्नास्थल सुरक्षा तथा लासजाँच, घट्नास्थल सर्जिमित मुचुल्का कागजात लेखन सम्बन्धी प्रशिण कार्यक्रम सम्पन्न भएको छ ।

लागु औषध विरुद्ध जनचेतना मुलक कार्यक्रममा षडानन्द माध्यमिक विद्यालयका ७९ जना विद्यार्थीहरु सहभागी थिए । यता घट्नास्थल सुरक्षा तथा लासजाँच प्रकृति मुचुल्का घट्नास्थल सर्जिमिन मुचुल्का साथै मेलमिलाप कागज लेखन शिक्षण कार्यक्रमामा प्रत्येक प्रहरी चौकीबाट १÷१ गरी ८ जना र ईलका प्रहरी कार्यालय दिङ्लाका ७ जना प्रहरी गरी १५ जना प्रहरीलाई प्रशिक्षण दिईएको हो । दुबै कार्यक्रमको प्रशिक्षणमा ईलका प्रहरी कार्यलयका प्रहरी निरक्षक भाष्कर खतिवडाले सहजीकरण गरेका थिए ।

पहाडी तथा विकट क्षेत्रमा पुर्ण दक्ष प्रहरी कर्मचारी नहुने भएकोले समाजमा प्रहरीहरुको कार्यप्रति भएको विश्वासलाई निरन्तरता दिन र लागु औषधबाट विद्यार्थीहरु टाढा रहोस भन्ने उदेश्यका साथ दुई कार्यक्रमको आयोजना गरिएको ईलका प्रहरी कार्यलयका प्रहरी निरिक्षक भाष्कर खतिवडाले खबर ट्वीटलाई जनानकारी दिएको हो ।

तपाईको प्रतिक्रिया