भोजपुर– संसद विगठन विरुद्धमा देश भरि विरोध भईरहेको अवस्थामा राष्ट्रपतिको गृह जिल्ला भोजपुरमा पनि प्रदर्शन भएको छ ।  सत्तारुढ नेकपाका भात्रृ संगठन राष्ट्रिय युवा संघ नेपाल र अनेरा स्ववियूले प्रर्दशन गरेका छन् ।

कोणसभामा राष्ट्रिय युवा संघ नेपाल भोजपुरका संयोजक सन्दिप राईल भने प्रतिगमनकारी निर्णयको विरुद्धमा संवैधानिक सर्वोच्चताको आत्मासाथ गर्दै असंवैधानिक कदमको कारणले नेपाली जनताको भाग्य र भविष्य नै अन्योलमा परेको हुनाले यो देश व्यापी अभियानमा हामी होमिनु परेको बताए । यो अभियान युव संघ नेपाल र अनेरास्ववियुको मात्रै नभई सारा नेपाली जनताको पक्षमा रहेको दावि गरे । राईले भने देशमा अस्थिरता निम्त्याउने केपी शर्मा ओलीलाई पार्टी हैन कम्पनी खोलेर बस्न समेत आग्रह गरे ।

कोण सभामा सम्बोधन गर्दै गर्न नहुने काम भएको र जिल्लामा भएका नेता तथा कार्यकर्तादेखि पार्टीप्रति आस्था राख्ने सबैलाई सचेत र सजग रहन अनेरास्ववियूका संयोजक धुर्बराज राईले आग्रह गरे ।

 

तपाईको प्रतिक्रिया