भोजपुर- भोजपुरको षडानन्द नगरपालिकाका २०७४ सालको स्थानिय निकायको २ जना मेयरका उमेद्वार नेपाली कांग्रेसमा प्रवेश गरेकाछन् । तात्कालिन माओवादीवाट उमेद्वारी दिएका भीम तामाङ र राप्रपावाट उमेद्वार दिएका राजकुमार तामाङ नेपाली कांग्रेस प्रवेश गरेकाहुन् ।

तामाङद्वय सहित १ सय ३ जना कार्यकर्ता तथा नेताहरु राप्रपा र नेकपावाट नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांगेस भोजपुरले जनाएको छ । पार्टी प्रवेश तथा सम्मान कार्यक्रममा वोल्दै नव प्रवेशी भीम तामाङले आँफु ६० साल देखि नेकपा आओवादीमा सक्रिय रहेर पटक पटक नेताहरुलाई चुनाव जिताएको तर सवैले भ्रष्टाचार मात्र गरेको हुँदा नेपाली कांग्रेस पार्टी रोजेको प्रतिक्रिया दिए ।

कांग्रेसकै उमेद्वार वीरवल राई निर्वाचित भएको निर्वाचनमा तामाङद्वयले क्रमशः तेस्रो र चौथो स्थानको मत पाएका थिए । तात्कालिन माओवादीवाट उमेद्वारी दिएका भीम तामाङ ले १९५६ र राप्रपावाट उमेद्वार दिएका राजकुमार तामाङले ९९ मत पाएका थिए ।

तपाईको प्रतिक्रिया