भोजपुर– डवल्स व्याडमिन्टन प्रतियोगिताको उपाधी दावा शेर्पाको जोडीले आप्नो पोल्टामा पारेका छन् । भोजपुर व्याडमिन्टन संघले आयोजना गरेको डवल्स व्याडमिन्टन प्रतियोगितामा दिङ्लाका दावा शेर्पा र पङकज तामाङको जोडी प्रथम भएका छन् भने नरेन्द्र तामाङ र सन्तोष तामाङको जोडी दोस्रो भएका छन् । उक्त प्रतियोगितामा दिङ्लाकै लेखनाथ श्रेष्ठ र बुद्ध तामाङको जोडी र भोजपुरका उद्धव थापा र मनोजको जोडी सेमिफाईनलिसट भएका छन् ।

बिजेता टिमहरुले क्रमश पहिलो र दोस्रो टिमले नगद रु १० हजार र ५ हजार साथमा मेडल प्रमाण पत्र प्राप्त गरेका छन् । प्रतियोगितामा सेमिफाईनलिसट दुई टिमले मेडल साथमा प्रमाण पत्र प्राप्त गरेका छन् ।

प्रतियोगिता जिल्लाको सदरमुकाम अवस्थित कर्वडहलमा पौष १० गते र ११ गते गरि सम्पन्न भएको व्याडमिन्टन संघ भोजपुरका कोषाध्यक्ष प्रविन वस्नेतले खबरट्वीटलाई जानकारी दिए ।

तपाईको प्रतिक्रिया