भोजपुर- व्याडमिण्डनको उर्वर भुमि भोजपुर सदरमुकाममा आयोजित खुल्ला पुरुष डवल्स व्याडमिन्टन प्रतियोगितामा दिंलाका खेलाडीले बर्चस्व कायम गरेका छन् । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थानमा दवदवा कायम गर्दै दिंलाका खेलाडीले ईतिहाँस लेखाउन सफल भएका हुन् ।

प्रतियोगितामा दिंलाका दावा शेर्पा र पंकज तामाङको जोडी प्रथम, नरेन्द्र तामाङ र सन्तोष तामाङको जोडी दोस्रो र दिङ्लाकै लेखनाथ श्रेष्ठ र बुद्ध तामाङको जोडीले तेस्रो स्थान प्राप्त गर्दै सदरमुकाममा आयोजित प्रतियोगितामा दवदवा कायम गरेकाहुन् । सदरमुकामका उद्धव थापा र मनोजको जोडीले सेमिफाईनलिष्टको रुममा चित्त बुझाउनु पर्यो ।

बिजेता टिमहरुले क्रमश पहिलो र दोस्रो टिम नगद रु १० हजार र ५ हजार साथमा मेडल प्रमाण पत्र प्राप्त गरेका छन् । प्रतियोगितामा सेमिफाईनलिसट दुई टिमले मेडल साथमा प्रमाण पत्र प्राप्त गरेका छन् ।

जिल्लाको सदरमुकाम अवस्थित कर्वडहलमा पौष १० गते र ११ गते सञ्चालन गरिएको प्रतियोगितामा जिल्ला सदरमुकामका साथै दिंला हतुवागढी, प्याउली, तिवारी भञ्ज्यांग लगायतका ३१ टीमको सहभागिता रहेको थियो । भोजपुर जिल्ला व्याडमिन्टन संघ भोजपुरका कोषाध्यक्ष प्रविन वस्नेतले खबरट्वीटलाई जानकारी दिए ।

भोजपुरको उत्तरी दिंलामा पछिल्लो समय व्याडमिण्टन गतिविधिले बढेको छ । ५ बर्ष देखि नियमित रुपमा व्याडमिण्टन प्रतियोगिता सञ्चालन भईरहेको छ । दिंला व्याडमिण्टन संघले निकट भविष्यमै व्याडमिण्टन तालिम र माघे सक्रान्तिको अवसरमा प्रतियोगिता समेत आयोजना गर्ने संघका अध्यक्ष रमेश श्रेष्ठले वताए ।

तपाईको प्रतिक्रिया