भोजपुर – प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको विरोधमा प्रचण्ड–नेपाल समुहको नेकपाले भोजपुरको दिङ्लामा विरोधसभा गरेको छ । ओलीको कदमको भत्र्सना गर्दै प्रचण्ड–नेपाल समुहले आज प्रदेश नं। १ का मुख्यमन्त्री शेरधन राईको गृहजिल्लाको उत्तरी क्षेत्र दिङ्लामा विरोध कार्यक्रम गरेका छन् । । साथै उनिहरुले कालो माक्स लगाएर प्रधानमन्त्री केपी शर्माओलीको विरोध समेत गरेका छन् । 

 

 

¥यालीमा सहभागी प्रचण्ड–नेपाल पक्षका गाउँगाउँबाट आएका प्रदर्शनकारीले नारा जुलुस लगाएका थिए । प्रतिगमन मुर्दावाद, असबैधानिक निर्णय खारेज गर, संसद विगठन फिर्ता गर जस्ता नाराबाजी सहित विरोध ¥याली निकालिएको थियो । सयौँ ¥यालीसहित निक्लेको जनप्रदर्शन षडानन्द बहुमुखी क्याम्पसदेखी मन्दिर परिसर हुँदै बजार परिक्रमा गर्दै षडानन्द बहुमुखी क्याम्पसको प्राङ्गणमा कोणसभा सम्पन्न भएको छ ।

¥यालीमा केन्द्रिय नेतासहित प्रदेश, जिल्ला ईन्चार्जदेखि नगर, गाउँ, वडा कमिटीका कार्यकर्तासम्म भेला भएका थिए । विरोध ¥यालीमा संघिय सांसद एवम् नेकपा भोजपुरका ईन्चार्ज सुदन किँराती, नेकपा केन्द्यि सदस्य एवम् संखुवासभा जिल्ला इन्चार्ज राजेन्द्र कुमार राई, नेकपा केन्द्रिय सदस्य एवम् नेकपा भोजपुरका सह–ईन्चार्ज हरिबहादुर राई, नेकपा प्रदेश कमिटी सदस्यहरु राजेश खतिवडा, विमल खड्का, दिल कुमार राई नेकपा भोजपुर संगठन विभाग प्रमुख शरणकुमार राई लगायतको उपस्थिती थियो ।


प्रधानमन्त्री ओली निरंकुश शासक बनेको उनले आरोप लगाउँदै भने सरकार पनि सञ्चालन गर्न सकेन पार्टीलाई पनि गलत बाटोमा लगेको नेकपा केन्द्रिय सदस्य एवम् नेकपा भोजपुरका सह–ईन्चार्ज हरिबहादुर राईले बताए । ओलीको असंवैधानिक निरकुंश कदमप्रति गहिरो निन्दा गर्दै नेकपा केन्द्रिय सदस्य एवम् नेकपा भोजपुरका सह–ईन्चार्ज हरिबहादुर राई संसद विघटन अलोकतान्त्रिक, अमर्यादित र जघन्य राजनीतिक अपराध भएको जिकिर गरे ।

पार्टीको विधि विधानलाई नमानी पार्टीलाई केहि नसम्झिनु ओलीको गलत कार्य एकलौटी निर्णयले संविधानलाई आलीले केहि सम्झिएन । जनतासंग गरेको प्रतिवद्धता पुरा गर्न पार्टीको सिद्धान्त के होरु भन्ने कुरा नबुझी निरकुंसवादी निर्णय गर्ने पक्षलाई साथ दिन नहुने नेकपा केन्द्रिय सदस्य राजेन्द्र कुमार राईले बताए ।

 

यस्तै संघिय सांसद एवम् नेकपा भोजपुरका ईन्चार्ज सुदन किँरातीले जनताको जनमतको कदर नगर्ने र भ्रष्टहरुको साथमा असंवैधानिक कदम उठाउने प्रधानमन्त्री ओली र राष्ट्रपतिलाई जनताले माफी नदिने बताए । किँरातीले भने, ‘प्रधानमन्त्री ओलीको गलत कदमविरुद्ध हामी सडकमा आएका हौं, राष्ट्रलाई घात हुने किसीमका ओलीका कदमहरु हामीलाई मान्य हुने छैन ।’

तपाईको प्रतिक्रिया