भोजपुर – प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको विरोधमा प्रचण्ड–नेपाल समुहको नेकपाले भोजपुरको दुई पालिकामा एकै दिन विरोधसभा गरेको छ । ओलीको कदमको भत्र्सना गर्दै प्रचण्ड–नेपाल समुहले भोजपुरको उत्तरी क्षेत्र साल्पा सिलिछो र पश्चिमि क्षेत्रमा रहेको टेम्के मयुङ गाउँपालिकामा विरोध कार्यक्रम गरेका छन् ।

उत्तरी क्षेत्रको टेम्के मयुङ गाउँपालिकाको विरोध कार्यक्रममा नेपाल कम्युनिष्ट नेकपाका केन्द्रिय सदस्य एवम् प्रदेशसभा सदस्य राजेन्द्र कुमार राई, केन्द्रिय सदस्य तथा भोजपुर जिल्ला नेकपाका सह–इन्चार्ज हरि बहादुर राई, प्रदेश कमिटी सदस्य दिल कुमार राई, राजेश खतिवडा, विमल खड्का साथै जिल्ला कमिटीका सचिवालय सदस्यहरु, जिल्ला कमिटी सदस्यहरु राष्ट्रिय युवा संघ नेपाल भोजपुरका संयोजक अनेरास्ववियू जिल्ला कमिटीका पदाधिकारीहरु, साथै साल्पा सिलिछो नेकपा गाउँ कमिटीका पदाधिकारीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरेका छन् ।

यता पश्चिमी क्षेत्रको टेम्के मयुङ गाउँपालिकामा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज सुधन किराँती प्रदेश कमिटीका सदस्यहरु, जिल्ला कमिटीका संगठन विभाग प्रमुख शरण राई, जिल्ला कमिटीका सदस्यहरु,राष्ट्रिय युवा संघ नेपाल भोजपुरका पदाधिकारी अनेरास्ववियू जिल्ला कमिटीका पदाधीकारी, साथै टेम्के मयुङ नेकपा गाउँ कमिटीका पदाधिकारीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरेका छन् ।

तपाईको प्रतिक्रिया