खुुकुुरी प्रहारगरि आफ्नै श्रीमतीको हत्या

ईलाम- इलाममा घरायसी विवाद हुँदा श्रीमानद्वारा श्रीमतीको हत्या भएको छ । बिहान करिब साढे ५ बजे सामान्य घरायसी विवादका कारण इलामको देउमाई नगरपालिका ८ आमबोटेका ३३ बर्षीय सुवास राईले आफ्नै श्रीमती २७ बर्षीया नम्रता राईलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी जितपुरका अनुसार श्रीमानद्वारा श्रीमतीमाथी खुकुरी प्रहार भएको भन्ने खबर पाएसंगै घटना स्थप पुगेको प्रहरी टोलीले श्रीमती हत्याको आरोपमा सुवासलाई पक्राउ गरेको छ ।

उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय ईलामबाट अनुसन्धान अधिकृतसहितको टोली खटि अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।