दिंला- प्रधानमन्त्री केपी ओली समर्थक समुहले भोजपुरको षडानन्द नगरपालिकामा जिल्लामा पहिलो पटक अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ । नगर अध्यक्ष सम्मर वहादुर राईको अध्यक्षता कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा केन्द्र, प्रदेश, जिल्लाका साथै स्थानिय नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्वोधन गर्दै पार्टीका केन्द्रिय सदस्य सुरेन्द्र उदासले आफ्नै पार्टीवाटै घेरावन्दीमा पारेपछि प्रधानमन्त्रीले संसद विघटनको कदम चाल्न वाध्य हुनुपरेको स्पष्ट पारे । उदासले ओली नेत्रृत्वको नेकपाले नै चुनाव चिन्ह पाउने भएकोले कार्यकर्तालाई ढुक्क रहन आग्रह गरे ।

भोजपुरका पुर्व सांसद तथा नेकपाका केन्द्रीय सदस्य कृपासुर शेर्पाले प्रधानमन्त्रीले केपी ओलीलाई केहि समय काम गर्न दिनुपर्ने विचार व्यक्त गरे । उनले ओलीले चालेको कदम संवैधानिक रहेकोे दावी गर्दै संसद विघटनको व्यवस्था संविधानमा उल्लेख गरिएको ठोकुवा गरे ।

पार्टीका अर्का केन्द्रीय सदस्य राज कुमार दंगाल ‘समुल’ले प्रचण्डकै कारण माओवादी छोड्नुपरेको स्पष्ट पारे । मोहन वैध,वावुराम, विप्लवको उदाहरण दिँदै प्रचण्डसँग कोहिपनि लामो समय टिक्न नसक्ने भएकोले प्रचण्ड समुहमा रहेका अन्य नेता कार्यकर्तालाई पनि केपी समुहमा आउन आग्रह गरे ।

नेकपाका प्रदेश कमिटी सल्लाहकार कृष्ण प्रसाद पौडेलले एउटै पार्टीका नेता कार्यकर्ता आवेसमा आएर विरोधमा उत्रिन नहुने विचार व्यक्त गरे । उनले निर्वाचन आयोगको निर्णय र अदालतको फैसलालाई पर्खिनको लागि आग्रह गरे ।

ओली समर्थक नेकपाले जिल्लाका सवै पालिकामा अगुवा कार्यकर्तागर्ने वताएको छ । भोजपुरमा प्रचण्ड नेपाल समर्थकले भने यसअघिनै प्रधानमन्त्री ओलीको कदमको विरोधमा विरोध सभा गरिरहेको छ ।

तपाईको प्रतिक्रिया