भोजपुर–भोजपुरमा प्रचण्ड नेपाल समुहको जिल्लादेखि वडासम्मको विरोध कार्यक्रम सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रिय कमिटीका अध्यक्ष तथा प्रधानमन्त्री समेत रहेका केपि शर्मा ओलीले गत पौष ५ गते प्रतिनिधीसभा विघठन गरेपछि देशैभर विरोध कार्यक्रम गर्न सुरु गरेको हो । देशैभर विरोध कार्यक्रम भईरहँदा भोजपुर जिल्लामा पनि सोहि दिनदेखि राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपालको आयोजनामा विभिन्न तरिकाले विरोध कार्यक्रमहरु गर्दै आईरहेका थिए । गत पौष १४ गते जिल्लाको सदरमुकाम भोजपुरमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्र्रचण्ड नेपाल समुहले बृहत बिरोध कार्यक्रमको आयोजना गरी सम्पन्न गरेका थिए ।

जिल्लामा रहेको प्र्रत्येक स्थानीय तहहरुमा विरोध कार्यक्रमको आयोजना गरी वडा तहसम्मको कार्यक्रम सम्पन्न गरेको हो । पौष १७ गते भोजपुरको उत्तरी क्षेत्रको षडानन्द नगरपालिकामा पहिलो पालिका स्तरीय कार्यक्रम सम्पन्न गरेका थिए भने १८ गते उत्तरी क्षेत्रको साल्पा सिलिछो गाउँपालिकामा र पश्चिमी क्षेत्रको टेम्के मयुङ गाउँपालिकामा सम्पन्न गरेका थिए ।

त्यस्तै पौषको १९ गते पश्चिमी क्षेत्रमा रहेको रामप्रसाद राई गाउँपालिकामा कार्यक्रम सम्पन्न गरेको थियो भने पौषको २० गते दक्षिणी क्षेत्रको हतुवागडी गाउँपालका घोडेटार र जिल्लाको पुर्वी क्षेत्रको पौवादुङ्मा गाउँपालिकामा विरोध कार्यक्रम सम्पन्न गरेका थिए । साथै पौषको २१ गते दक्षिणी क्षेत्रको आम्चौक गाउँपालिका साथै भोजपुर नगरपालिकामा कार्यक्रम सम्पन्न गरेका थिए ।

त्यस्तै भोजपुरको पुर्वी क्षेत्रमा रहेको अरुण गाउँपालिकामा पौष २५ गते विरोध कार्यक्रम सम्पन्न गरेको हो भने विभिन्न पालिका स्तरीय कमिटीले वडा पार्टी कमिटीसम्मको विरोध कार्यक्रम सम्पन्न गरिसकेको छ ।

विधि र विधान अनुसार नचल्ने संविधान विपरीत काम गर्ने प्रतिगमनको विरुद्ध जुनसुकै बेलामा पनि आवाज उठाउने छौं । अन्योलमा रहेका र भ्रममा परेका साथीहरुलाई पार्टीको विधान र संविधानमा लेखिएको कुरा साथै निर्वाचन आयोगको नियमावलीलाई राम्ररी हेर्न नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय कमिटी सदस्य हरी बहादुर राईले बताएका हुन् ।

लामो कार्यक्रमको शिलसिलामा नेकपा केन्द्रिय कमिटी सदस्य तथा प्रदेशसभा संसद राजेन्द्र राईले भने “नेपाल कम्युनिष्ट पार्टीको विधान नमान्ने जो कोहि पनि कम्युनिष्ट पार्टीको सदस्य हुन सक्दैन सदस्य हुन नसक्ने मान्छे अध्यक्ष बन्न नमिल्ने र जनताको बलिदानीपुर्ण संघर्ष साथै अरबौं खर्चले निर्माण भएको संविधानमाथी धावा बोल्न प्रधानमन्त्रीले बोल्न मिल्दैन” अराजक शैलिमा आफुलाई मनलाग्दा संसद भंग गर्न मिल्दैन अझ उन्ले भने “पार्टीलाई संकटमा पारेर कार्यकर्तालाई भ्रम छर्न मिल्दैन चुनाव चिन्ह र झण्डाको बिषयमा निर्वाचन आयोग र सर्वाेच्च अदालतले निर्णय गर्ने छ । नेपाल कम्युनिष्ट पार्टी झण्डा र चुनाव चिन्हमा भन्दा आफ्नो पार्टीको विधान र एजेण्डामा लाग्ने बैचारिक बहसले आफ््नो बिचारलाई कार्यलाई श्रेष्ठता कायम गरेर अगाडी बढ्ने भएकोले जनताको बहुदलीय जनवाद र जनताको जनवादको बिषयमा खुल्ला बहस गर्न चुनौती दिएका छन् ।


विभिन्न ठाउँको विरोध कार्यक्रमलाई संवोधन गर्ने क्रममा नेकपा केन्द्रिय कमिटीका सदस्य तथा भोजपुर जिल्ला पार्टी इन्चार्ज सुधन राईले भने “संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको लागि देशमा आन्दोलन भईरहँदा नेपालमा गणतन्त्र आउनु भनेको बयलगाडा चडेर अमेरिका जानु हो भन्दै मजाक उडाउने गणतन्त्रको विरोधीलाई संघिय गणतन्त्रको व्यवस्था चलाउन दिनु गल्ति भएछ” उन्ले अझै थप्दै भने “संविधानमा नलेखिएको र प्रधानमन्त्रीलाई नभएको अधिकारको प्रयोग गरेर देशमा राजनितिक अस्थिरताको सिर्जना कायम गरेको छ । अबको आश भनेको निर्वाचन आयोग र सर्वाेच्च अदालत हो यदि न्याय दिने निकायले न्याय संगत फैसला गरेन भने झन देशमा आन्दोलनको आँदीबेरी आउने छ त्यस्को जिम्मा केपिओलीले लिनु पर्ने छ” ।

?

तपाईको प्रतिक्रिया