दिङ्ला–दिङ्ला व्याडमिन्टन संघको आयोजनामा चौथो खुल्ला डवल व्याडमिन्टन प्रतियोगिता दिङ्लामा आयोजना हुने भएको छ । भोजपुरको षडानन्द नगरपालिका वडा नं. ४ मा अवस्थित कर्वडहलमा षडानन्द नगरपालिका र षडानन्द नगरपालिका वडा नं. ४ को संयुक्त प्रायोजनमा माघ १४ गते देखि प्रतियोगिता सञ्चालन हुने भएको हो ।

संसारमा कोरोना भाईरसले आक्रान्त पारीरहेको समयमा खेलकुद गतिविधी नभएको समयमा खेलकुदको विकास साथै खेलकुदलाई अगाडी बढाउन एक ईट्टा थप्ने प्रयाशको लागि प्रतियोगिता आयोजना गरिएको दिङ्ला व्याडमिन्टन संघका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतियोगितामा प्रथम हुने टिमले ४० हजार मेडल र प्रमाण–पत्र पाउनेछन् भने द्धितिय हुने टिमले २५ हजार साथमा मेडल र प्रमाण–पत्र पाउनेछन । साथै सेमिफाईनलिस्ट टिमले रु १०÷१० हजार साथमा मेडल र प्रमाण पत्र पाउनेछन् ।

उद्घाटन २०७६ माघ १४ मंगलबारको दिन १०ः३० बजे हुनेछ भने समापन २०७६ साल माघ १६ गते अपरान्ह ३ बजे हुनेछ ।

तपाईको प्रतिक्रिया