भोजपुर–प्रधानमन्त्री केपि शर्माओलीले चालेको असंवैधानिक कदमको विरोधमा नेपाली कंग्रेस विरोध प्रर्दशन गरेका छन् । नेपाली कंग्रेस केन्द्रिय कमिटीको निर्देशनमा आज देशभर विरोध कार्यक्रम आयोजना गरि भोजपुरको ९ वटा स्थानीय तहहरुमा विरोध जनाएको छ । देशभरको ७ सय ५३ स्थानीय तहको कार्यक्रम अनुसार भोजपुरको ९ ओटै स्थानीय तहमा नेपाली कंग्रेसले विरोध कार्यक्रम गरेको हो ।

नेपाली कंग्रेस क्षेत्रिय महिला संघ सभापती सीता श्रेष्ठले भने “सरकारले राम्रो काम गर्नु पर्ने अवस्थामा अन्यय, अत्यचार, हिंसा, भ्रष्टचार, बलत्कार जस्ता जघन्य अपराध गर्नेहरुलाई संरक्षण गर्दै आजा असंवैधानिक कदम चाल्न पछि परेन” । केपि ओली सरकार कान नभएको बैह्रो र आँखा नभएको अन्धो जस्तो भएर आफ्नो स्वार्थमा चलेको कारण विरोध कार्यक्रम देशभर भईरहेको समेत उनले बताईन् ।

प्रधानमन्त्रीले विभिन्न समयमा संसद विघठन गरेको कारण नकरात्मक सन्देश गएकोले २०७२ सालको संविधानमा कुनै पनि बहुमतको प्रधानमन्त्रीले संसद विघठन गर्न नपाउने भनी लेखिएको छ । तर केपि शर्माओली संविधानमा नभएपनि मैले गरिदि एभनेर असंवैधानिक कदम चालेको छ यो अलोतान्त्रिक भएको नेपाली कंग्रेस षडानन्द नगर समितिका सभापती राजु वस्नेतले बताए ।

बहुमत भएको सरकार आएपछि देशमा विकासको गतिविधीले कोल्टे फेर्ने छ भन्ने लागेको थियो तर जनतालाई धोका दियो । नेपाली जनताको अभिमतलाई कुल्चिएको छ नेपाली कंग्रेसको नेतृत्वमा बनेको संविधानलाई लत्यएको छ यसको विरुद्धमा नेपाली कंग्रेस सधै लडिरहने नेपाली कंग्रेसका पुर्व जिल्ला सभापती बालकृष्ण थापाको भनाई छ ।

जिल्लामा विभिन्न समयमा यो भन्दा अगाडीदेखि नै विभिन्न राजनितिक दलहरुले ओलीको यो कदम असंवैधानिक र प्रतिगमनकारी निर्णय भन्दै विरोध कार्यक्रमहरु गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया