भोजपुर–राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियू भोजपुरले कालो झण्डा उडाएर असंवैधानिक कदमको विरोध गरेका छन् । पौष ५ गते प्रधानमन्त्री केपि शर्माओलीले संविधानको धारामा नभएको अधिकार प्रयोग गरी सांसद विघठन गर्नु असंवैधानिक भएको भन्दै कालो झण्डा उडाएको हो । युवा संघ र अनेरास्ववियुले भोजपुरको उत्तरी क्षेत्रको दिङ्ला बजारमा कालो झण्डा उडाएर विरोध प्रर्दशन गरेका हुन् ।

विरोध कार्यक्रममा युवा संघ नेपाल भोजपुरका अध्यक्ष सन्दिप राई अनेरास्ववियू भोजपुर बहुमुखी क्याम्पसका सभापति प्रकाश सिं राई साथै युवासंघका सदस्यहरु साथै नेपाल कम्युनिष्ट पार्टीका जिल्ला कमिटी सदस्यहरु, नगर कमिटीका सदस्यहरु साथै पार्टीमा आस्थावान व्यक्तिहरुको सहभागीता रहेको थियो ।

जनताको हित विपरितको कार्य भएकोले यहाँ मात्रै नभएर देशभर विरोध प्रर्दशन भईरहेको छ । जनताको हित विपरित काम गर्ने प्रधान मन्त्री र मन्त्रीहरुको विरुद्धमा कालो झण्डा मात्रै नभएर सामाजिक बहिष्कार सम्मको कार्यक्रम गर्न सकिने अनेरास्ववियु भोजपुर बहुमुखी क्याम्पसका सभापति प्रकाश सिं राईले बताए ।

तपाईको प्रतिक्रिया