भोजपुर– चौथो खुल्ला पुरुष डबल्स व्याडमिन्टन प्रतियोगिताको उपाधी प्रविन र पेम्बाको जोडीले हात पारेका छन् । सोलुखुम्का पेम्बा शेर्पा र प्रविन लिङ्थेपको जोडीले भोजपुरका विसाल तामाङ र प्रियन्सु क्षेत्रीको जोडीलाई पराजित गर्दै उपाधी हात पारेको हो । शेर्पाको जोडी पहिलो सेट २१–१७ दोस्रो सेट र तेस्रो सेट २१–१८ मा तामाङको जोडीलाई पराजित गर्दै प्रथम भएका हुन् भने विशाल तामाङ र प्रियन्सु क्षेत्रीले दास्रो स्थानमा चित्त बुझाउनु परेको हो ।

त्यस्तै भोजपुरका प्रविन बस्नेत र सन्दिप राईको जोडी संगै धरानका सुजन श्रेष्ठ र प्रनिस सिं ठकुरीको जोडी सेमि फाईनलिस्ट भएका छन् । प्रतियोगितामा पहिलो हुने जोडीले नगद रु ४० हजार, शिल्ड, मेडल र प्रमाण पत्र पाएका छन् भने दोस्रो हुने जोडीले नगद रु २५ हजार, शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । साथै सेमिफाईनलिस्ट टिमले नगद रु १०÷१० हजार साथमा मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

चौथो संस्करणमा प्रदेश नं. १ भित्रका विभिन्न जिल्लाका २१ टिमको सहभागी रहेको थियो । खेलमा भोजपुरका खेलाडीहरु १ जोडी दोस्रो साथै १ जोडी सेमिफाईनलिष्ट भएका छन् ।

तपाईको प्रतिक्रिया