खाँदबारी, १८ माघ– तेस्रो खाँदवारी नगर कप भलिवल प्रतियोगिताको अपाधी भोजपुरको षडानन्द नगरपालिकाले जितेको छ । खाँदबारी रंगशालामा आज भएको फाईनल खेलमा संखुवासभाको सभापोखरीलाई २५-२२,२५-१५,२३-२५,२१-२५ र १५-१३ को अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा ३–२ को सेट ले हराउदै षडानन्दले उपाधी जितेको हो । प्रतियोगितामा चैनपुर नगरपालिका तेश्रो र पाँचखपन नगरपालिका चौथो स्थान प्राप्त गरे ।

संखुवासभाको पहिला नगरपालिका खाँदबारी नगरपालिकाको स्थापना दिवस तथा खाँदबारी नगरपालिकाको प्रथम मेयर स्व किरण शाक्यको स्मृतिमा तस्रो खाँदबारी मेयर कप रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगीता विहिबारबाट सुरु भएको थियो । संखुवासभाका दश वटै स्थानीय तहका साथै भोजपुरको षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाको सहभागीता रहने गरी विगत ३ बर्षदेखि प्रतियोगीता सञ्चालन भईरहेका खाँदबारी नगर खेलकुद विकास समितिका अध्यक्ष लेखनाथ बुढाथोकीले जानकारी दिए ।

प्रतियोगितामा सभापोखरीका प्रदिप कट्टेल उत्कृष्ठ खेलाडी, बेस्ट स्पाईकर षडानन्दका दिवस लिम्बु, बेष्ट डिफेन्स सभापोखरीका शुसिल तामाड, बेष्ट सेटर षडानन्दका जयराम खत्री र खाँदबारी नगरपालिका अनुशासित टिम घोसित भए ।

खाँदबारी नगरपालिकाको आयोजना, नगर खेलकुद विकास समितिको व्यवस्थापन र संखुवासभा जिल्ला भलिबल संघको प्राविधिक सहयोगमा खेल सञ्चालन भएको हो । विजेताले १ लाख, उपविजेताले ७० हजार, तेश्रोले ४० हजार र चौथोले २० हजार नगद, ट्रफि पदक र प्रमाण पाएका छन् ।

तपाईको प्रतिक्रिया