संखुवासभाका प्रेमराई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख नियुक्त भएकाछन् । राईले लामो समय निजामती सेवामा कार्यगरी उमेरका हदका कारण अवकास पाएका थिए।

उनी २०७४ साल चैत २६ गतेदेखि २०७६ माघ २० गतेसम्म गृहमन्त्रालयमा सचिवका रुपमा कार्यरत भइ सेवाबाट अवकास भएका थिए। यसअघि उनी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव पदमा पनि कार्यरत रहेका थिए।

२०१८ सालमा सँखुवासभाको सदरमुकाम नजिक खोरण्डे गाँउमा जन्मेका राईले २०३५ सालमा खाँदबारीको हिमालय माविबाट एसएलसी उत्तीर्ण गरेका थिए। उनले काठमाडौंको शंकरदेव क्याम्पसबाट आइकमदेखि एमबिए तहसम्म अध्ययन गरेका थिए।

२०४० सालमा लेखापाल पदबाट निजामती सेवामा प्रवेश गरेका राईले २०४४ सालमा खुल्ला प्रतियोगिताबाट शाखा अधिकृत परीक्षा उत्तीर्ण गरी सरकारी सेवाको यात्रा अगाडि बढाएका थिए। पाचँ वर्षअघि सचिव भएका राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत सचिव भई काम गरिसकेका छन्।

तपाईको प्रतिक्रिया