दिङ्ला– भोजपुरको षडानन्द नगरपालिकाको केन्द्र दिङ्लामा वृहत सोनाम ल्होछार तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । षडानन्द नगर घेदुङ समितिको आयोजनामा फाल्गुन १ गते शनिबार सोनाम ल्होछारको अवसरमा वृहत सोनाम ल्होछार तथा सांस्कृतिक कार्यक्रम हुने नगर समितिका सचिव मकर बहादुर तामाङले जानकारी दिए ।

सोनाम ल्होछार माघ ३० गते भएपनि सबै ठाउँमा ल्होछार कार्यक्रम हुने भएकोले समितिले एक दिन पछाडी कार्यक्रम राखेको समेत सचिवले जानकारी दिए । विगत बर्षदेखि सुरु गरेको समितिले यस बर्षपनि ल्होछार कार्यक्रमलाई निरन्तरता दिने भएको हो । कार्यक्रममा विभिन्न जातजातीका सांस्कृतिक तथा झाँकी प्रर्दशन समेत गरिने छ । नगर क्षेत्रमा रहेका राई जातीहरुको चण्डि, शेर्पा जातीहरुको स्याप्रू, मगरहरुको मगर नृत्य, गुरुङहरुको रोधी, नेवार जातीको लाखे नाच, हिन्दु धर्मवालम्बिहरुको भजन तथा बालन र कुमाल जातीको संस्कार तथा अन्य विभिन्न किसिमका झाँकी प्रर्दशन गरिने समेत सचिव तामाङले जानकारी दिए ।

यसरी ल्होछार पर्व मनाउदाँ सबै जातजातीहरुको संस्कार संस्कृतिको संरक्षण तथा प्रबद्र्धन हुने भएको यस्ता किसिमको कार्यक्रमको आयोजना गरिएको हो । उक्त कार्यक्रममा विभिन्न जातजाती र जिल्ला तथा देश विदेशमा रहेका तामाङ जातीहरुलाई आफुले आफ्नो क्षेत्रबाट गर्न सक्ने सहयोग तथा षडानन्द नगरपालिका साथै साल्पासिलिछो गाउँपालिका भित्र छरिएर वसोवास गरिरहेका सम्पुर्ण तामाङ जातीहरुलाई सहभागी भई कार्यक्रमलाई भव्याताका साथ सम्मन्न गर्नको लागि सहयोग गरिदिन समेत तामाङले अनुरोध गरे ।

कार्यक्रममा ख्याति प्राप्त कलाकार साथै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति समेत रहने छ । यस क्षेत्रमा विभिन्न जातजाती भाषा, धर्म, संस्कार संस्कृतिहरु रहेको तर सरोकारवाला निकायहरुले यसको संरक्षण तथा प्रवद्र्धनमा चासो नदिएकोले त्यस्ता खालका संस्कार संस्कृतिकोहरुको संरक्षणको लागि कार्यक्रमको आयोजना गरिएको हो समितिका सह–सचिव पदम बहादुर तामाङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया