भोजपुर– प्रचण्ड नेपाल समुहको आम हडतालको प्रभाव भोजपुरको दिङ्लामा पनि परेको छ । प्रचण्ड नेपाल समुहले बिहिबार बजारमा भएका साना तथा ठुला पसल लगायत सरकारी कार्यलय साथै सवारी साधनलाई ठप्प पारेको हो । प्रचण्ड नेपाल समुहले आम हडतालको समयमा बजार साथै सम्पुर्ण निषेध गरिएका क्षेत्रलाई ठप्प पार्दै बजारको चौकमा टायर बालेर नाराबाजी समेत गरेका थिए ।

भोजपुर लगायत अन्य क्षेत्रमा आमहडताल प्रभावित नभएपनि भोजपुरको उत्तरी क्षेत्र दिङ्लामा भने सफलताका साथ आम हडताल सफल भएको प्रचण्ड नेपाल समुहका एक नेताले जानकारी दिए ।

बजार क्षेत्रमा शान्ति पुर्ण तरिकाले जनताको हितको लागि बन्द कार्यक्रमलाई सहयोग गरिदिन अनुरोध गरे पनि केहि अवज्ञा गर्नेहरुको लागि भने केहि कडा क्रियाकलाप गर्नु परेको समेत एक नेताले बताए ।

तपाईको प्रतिक्रिया