भोजपुर–भोजपुरको उत्तरी क्षेत्रमा रहेको दिङ्ला बजार आजा ईलाका प्रशासन कार्यालयको नेतृत्वमा अनुगमन भएको छ । अनुगमनामा उद्योग वाणिज्य संघ दिङ्ला शाखा साथै ईलाका प्रहरी कार्यालय र षडानन्द नगरपालिकाको प्रतिनिधीको सम्लग्नतामा बजार अनुगमन भएको हो ।

अनुगममा बजारमा भएका अखाध्य वस्तुहरुलाई पसल तथा बजराबाट हटाउने काम भएको थियो । बजारमा राखिएका अव्यवस्थित तरिकाकोे डिजेल तथा पेट्रोलको व्यवसाय व्यवस्थित गर्न तथा ग्यास सिलिन्डर पसल बाहिर नराख्न समेत आग्रह गर्दै कार्यन्वयन गराउने काम भएको हो ।

बजारमा भएका साना तथा ठुला पसलहरुको दर्ता तथा विल चेकजाँच गरी आवश्यक परामर्श दिईएको हो । पहिलो पटक भएकोले सामान्य परामर्श र सल्हाह दिएको अर्काे पटक यस्ता खालका कमिकम्जोरी भेटाए कारबाही गरिने ईलाका प्रशासन कार्यलयका प्रमुख नईन्द्र कुमार पौडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

Loading…