काठमाडौं- नेपाल कम्युनिस्ट पाटी(नेकपा) ओलि निकट भातृ संगठन राष्टिय युवा संघ नेपालको उपाध्यक्षमा भोजपुरका रोसन वस्नेत चयन भएका छन् । माघ २५र २६ गते बसेको दोस्रो केन्द्रिय कमिटी बैठकवाट वचन बहादुर सिंहको अध्यक्षता गठन भएको ५०१ सदस्यीय नयाँ कार्यसमितिमा वस्नेतले उपाध्यक्षको जिम्मेवारी पाएका हुन् ।

संघको सहअध्यक्षमा किरण पौडेल छन् भने अन्य उपाध्यक्षमा अमित लामा, अन्जना अधिकारी, सन्तोष रावल, रविन थापा, क्षितिज थेबे, उर्मिला सुनुवार, नृपेन्द्र महत, सञ्जीव झा, गजेन्द्र शाही, अशोक चौलागाईँ, तिरण गौतम र सुमन पुरी तथा महासचिवमा रमेश आचार्य, उपमहासचिवमा रामजी सापकोटा र रमेश तिवारी रहेका छन् ।

त्यस्तै युवा संघको सचिवमा भोजपुरकै सुजन राईका साथै सन्तोषप्रकाश जोशी, विष्णा चन्द, मिलन सिंह,महाराज गुरुङ,सुमित्रा बोगटी, राजन थापा, सुमन बुढा, चन्द्र दाहाल, तुलबहादुर अधिकारी, रमेश पौडेल, रविन्द्र लम्साल, प्रकाश लामिछाने, गोविन्द बस्नेत, हरि लम्साल, महेन्द्र गुरुङ, खिलबहादुर राना लगाएत छन् भने कोषाध्यक्षमा मुकेश बुढाथोकी रहेका छन् ।

भोजपुरको षडानन्द नगरपालिका २ स्थाई वसोवास भएका वस्नेत लामो समय युवा संघको केन्द्रिय सदस्यको  जिम्मेवारी सम्हाल्दै आएका थिए । वस्नेत युवाहरूमा लोकप्रिय नेताका रुपमा परिचित छन् ।

 

तपाईको प्रतिक्रिया