प्रधानमन्त्री केपी शर्मा ओलीनिकट राष्ट्रिय युवा संघ नेपालको नेतृत्वमा दुईजना भोजपुरे युवाहरु पुगेका छन् । भोजपुरका दुईजना युवाहरु रोशन बस्नेत र सुजन राई युवा संघ नेपालको हालै सम्पन्न बैठकबाट पदाधिकारीमा पुग्न सफल भएका हुन् ।

भोजपुरको षडानन्द नगरपालिकास्थित कुदाककाउलेका रोशन बस्नेत युवा संघको उपाध्यक्षमा पुग्न सफल भएका छन् । उनी लामो समयदेखि युवा संघको केन्द्रीय कमिटीमा रहेर काम गर्दै आएका थिए ।

त्यस्तै अर्का युवा भोजपुरको साल्पासिलिछो गाउँपालिका दोभाने, मातेल निवासी सुजन राई पनि युवा संघको केन्द्रीय सचिव बन्न सफल भएका छन् । यी दुई युवाहरुले विद्यार्थीकालदेखि नै कम्युनिष्ट राजनीतिमा सक्रिय थिए ।

उपाध्यक्ष निर्वाचित बस्नेतलाई भोलिका दिनमा युवा संघको अध्यक्षको सम्भावित नेताका रुपमा हेरिएको छ । सचिवमा निर्वाचित सुजन राईले युवा संघको प्रचार विभागमा आफ्नो दाबेदारी पेश गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया