भोजपुर– अखिल नेपाल राष्ट्रिय स्वतन्त्रा विद्यार्थी यूनियनले विद्योदय माविलाई ध्यानाकर्षण पत्र बुझाएको छ । विद्यार्थीहरुलाई अध्ययन गर्न सहज र गुणस्तरीय शिक्षा प्राप्त गर्नको लागी बुँदागत रुपमा ९ ओटा माग राखेर ध्यानाकर्षण पत्र बुझाएका छन् । बुधवार उनिहरुले विद्यालयलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

उनिहरुले विद्यार्थीहरुलाई डिजिटल परिचयपत्र पानीले बिज्दा नबिग्रने किसिमको हुनुपर्ने, स्वच्छ पिउने पानीको व्यवस्थापन हुनुपर्ने, विद्यालयले तोकेको समयमा शिक्षक कक्षा कोठामा प्रवेश गर्नुपर्ने, कक्षाकोठाहरु दैनिक रुपमा सफा गरिनु पर्ने, खेलकुदका सामग्री पर्याप्त मात्रमा हुनुपर्ने, सफा शौचालय र पर्याप्त पानी हुनुपर्ने, निर्माण भएको चमेना गृह सञ्चालन हुनुपर्ने, पुस्तकालयमा विद्यार्थीको संख्या अनुसार पुस्तक उपलब्ध हुनु पर्ने र नियमित अतिरिक्त क्रियाकलाप हुनुपर्ने माग भएको ध्यानाकर्षण पत्र विद्यालयलाई बुझाएको हो ।

उनिहरुको माग १५ दिन भित्रमा विद्यालयले पुरा नगरे थप आन्धोलन गर्ने जानकारी समेत ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
हेर्नुहोस ध्यानाकर्षण पत्र

तपाईको प्रतिक्रिया