जिल्ला स्तरीय अन्तर मावि खुल्ला पुरुष व्याडमिन्ट प्रतियोगिता हुने

भोजपुर– तुम्लिङटारमा जिल्ला स्तरीय अन्तर मावि खुल्ला पुरुष व्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ । सरस्वती पुजा तथा वसन्त पञ्चमीको अवसरमा गोल्डेन स्टार्स ईङलिस बोर्डिङ स्कुलको आयोजनामा प्रतियोगिता आयोजना हुने भएको छ । जिल्ला भन्दा बाहिर गएर खेलेका खेलाडी खेल्न नपाउने तथा कक्षा १० सम्म अध्ययनरत विद्यार्थीले सहभागी हुन पाउनेछन् ।

प्रतियोगितामा पहिलो, दोस्रो र सेमिफाईनलिष्ट टिमले क्रमशः १५ हजार, १० हजार र ५÷५ हजार साथमा ट्रफी, मेडल र प्रमाण पत्र पाउनेछन् । प्रतियोगिता उत्कृष्ट खेलाडीले नगद रु १ हजार, ट्रफी, मेडल साथमा प्रमाण पत्र पाउनेछन् ।

प्रतियोगिता २०७७ फाल्गुन १ गतेदेखि ३ गते सम्म सञ्चालन हुने र सहभागी हुने टिमले माघ ३० गते भित्र टिम दर्ता गराई सक्नु पर्ने गोल्डेन स्टार्स बोर्डिङ स्कुलका सन्जिप पोखरेलले खबर ट्वीटलाई जानकारी दिए